News Portal

फाेनमा धम्क्याएपछि वडाध्यक्षले कार्यालयमै कुटे सेवाग्राही

हिमाली संचार संवाददाता
६०२ पटक

भीम चापागाईं
इलाम – इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन्। घरमा बिजुलीको मिटर राख्ने सिफारिस लिन आएका वडा २ का सुवास रिजाललाई वडाध्यक्ष पौडेलले कुटपिट गरेका हुन्।

‘विद्युतकाे मिटर राख्ने सिफारिस माग्न वडा कार्यालय गएको थिएँ, वडाध्यक्षले मैमाथि हात हाले,’ पीडित रिजालले भने, ‘जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सदरमुकाम आएको हुँ।’ रिजालले वडाध्यक्ष पौडेलमाथि कारबाही माग गर्दै बुधबार प्रहरीमा निवेदन दिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार मंगलबार वडा कार्यालय आएका रिजाललाई वडाध्यक्ष पौडेलले अघिल्लो दिन तिनै युवक (रिजाल) ले आफूलाई ‘वडा कार्यालय ध्वस्त बनाइदिन्छु’ भन्दै धम्क्याएको विषय निकालेर कुटपिट गरेका हुन्। ‘हिजो मलाई किन धम्क्याएको ? भन्दै वडाध्यक्षले रिजाललाई २ झापड हानेर घोक्रयाउँदै ढोकाबाहिर निकालेकाेसम्म हामीले देखेको हो,’  एक प्रत्यक्षदर्शीले भने, ‘कुटपिट भएपछि भनाभन कस्तोसम्म भयो भन्ने त के हिसाब–किताब छ र ! बिजुलीको लाइन काटिएको विषयमा वडाध्यक्षलाई अघिल्लो दिन कसैले धम्क्याएको चाहिँ हामीलाई थाहा थियो।’

रिजालको घरमा लामो समयदेखि मिटर नै नराखी बिजुली बालेको थाहा पाएपछि विद्युत् कर्मचारी उनको घरमा बिजुलीको लाइन काट्न गएका थिए। त्यहीबेला आफूलाई रिजालले फोनबाट धम्क्याएको वडाध्यक्ष पाैडेलले बताए। ‘मलाई एउटा नम्बरबाट फोन गरेर वडा कार्यालय ध्वस्त पारिदिन्छु, तँ जनप्रतिनिधि भएर आएपछि हामीले १० वर्षदेखि बालेको बिजुली काट्न पठाउने? भन्दै सोमबार साँझ रिजालको नम्बरबाट धम्की आयो,’ वडाध्यक्ष पौडेलले नागरिकन्युजसँग भने, ‘भोलिपल्ट वडा कार्यालयमा विद्युत मिटरको सिफारिस लिन आएका रिजाललाई अघिल्लो दिन धम्क्याएको विषयमा सोध्दा उनले मैले होइन भने । तर, उनकै नम्बरबाट जसले धम्क्याएपनि कारबाही नभएसम्म सिफारिस पनि नदिने भनेर पठाएको हुँ, मैले रिजाललाई हात हालेको चाहिँ साँचो होइन।’

आफूलाई धम्क्याएपछि अघिल्लै दिन प्रहरीमा समेत सूचना दिएको वडाध्यक्ष पौडेलले सुनाए। रिजालले गाउँमा विद्युत् मिटरबक्स नै वितरण नभएकाले आफूमात्र होइन, गाउँका धेरै सेवाग्राही मिटरबिनै बिजुली बाल्न बाध्य भएको बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...