News Portal

पशुपतिनाथ मन्दिर परिसरमा एक साताका लागि मासु तथा मदिरा बिक्री वितरणमा रोक

हिमालीसंचार संवाददाता
२४१ पटक

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रहरुमा आजदेखि एक साता लागि मासु तथा मदिरा उत्पादन, बिक्री- वितरण, ओसारपसार, भण्डारण गर्न रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रहरुमा मासु तथा मदिरा बिक्री वितरण तथा भण्डारणमा रोक लगाएको हो। 

विशेष गरेर बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने काठमाडौं प्रकाशनले जनाएको छ ।

यो सूचनाको कोही कसैले बर्खिलाप हुने गरी विक्री वितरण तथा भण्डारण गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख गरिएको छ। 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...