News Portal

  • मौसम पूर्वानुमानः केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    काठमाडौं – नेपालको पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको बताएको छ। 

    आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानाएको छ।  

    कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

    बिहीबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना सम्त रहेको महाशाखाले जनाएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...