News Portal

रूसी सेनामा रुस पठाउने गिरोह पक्राउ, नेपालीलाई लडाइँको अग्रमोर्चामा पठाउने गरेको खुलासा

हिमालीसंचार संवाददाता
३७४ पटक

काठमाडौं – रुसी सेनामा भर्ती हुन रुस पठाएको आरोपमा १२ जना पक्राउ परेका प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुर कटारी–६ का हरिबहादुर विक, काठमाडौं जोरपाटीका–५ का सन्तोष रोका, सिन्धुपाल्चोक इन्द्रवाती–२ का मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन पक्राउ परेका छन् ।काठमाडौं  बूढानिलकण्ठका क्षितिज गिरी, सिराहा गोलबजारका दिपेन परियार, काभ्रेका सुवास लामा, चितवन राप्तीका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्का सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ घोराहीका द्रोणा डांगी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट रसिया पठाउन लागेका विभिन्न व्यक्तिको पासपोर्टसहित बरामद गरेका छन्।  प्रहरीले उनीहरुको साथबाट २६ लाख नगद रुपैयाँ मोबाइलसमेत बरामद गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ परेका मध्ये हरि विक र सुजता दाहाल मूख्य एजेन्ट रहेको प्रहरीको दाबी छ। प्रहरीले बरामद गरेका पासपोर्ट मध्ये सुजता दहालको साथबाट २७ थान पासपोर्ट र १४ लाख १८ हजार नगद रकम तथा ईश्वर अधिकारीको साथबाट १६ थान पासपोर्ट र १३ लाख ४२ हजार नगद रुपैयाँ बरामद भएको हो ।

उनीहरुले पठाएका मध्ये ११ जना रसिया पुगेर नेपाल फर्किएको समेत खुलेको छ। उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत् रसियन आर्मीमा भर्ना हुनका लागि आवश्यक अन्तर्वार्ताको कक्षासमेत सञ्चालन गर्ने गरेको खुलेको छ ।

उनीहरुको भिषा प्रक्रियाको सबै काम हरि विकले गर्ने गरेको खुलेको छ। नेपाल प्रहरीका अनुसार विक नेपाली सेनाका अवकास प्राप्त व्यक्ति हुन्। प्रहरीका अनुसार रसिया पुगेर फर्किनेहरुमा एक जना प्रहरी र एक जना सशस्त्र प्रहरीकै असईसमेत रहेका छन् ।उनीहरु दुवैजनालाई हरि विकले रुस पठाएको खुलेको छ । 

उनीहरु रसियन सेनामा तीनमहिना कामसमेत गरेर फर्किएको समेत खुलेको छ । पीडितले प्रहरीलाई दिएको जानकारीअनुसार रसियन आर्मीले युद्धका लागि अग्रभूमिकामा नेपालीलाई पठाउने गरको बयान समेत दिएका छन् ।

पीडित मध्येका सशस्त्रका असईले प्रहरीसँगको बयानमा भनेका छन्, “म तीन महिना रसियन सेनामा काम गरेर आएँ । उनीहरुले युद्धको लागि पहिलो लाईनमा नेपालीलाई पठाउने गरेका छन् । छनोटको क्रममा सबैभन्दा हतियार राम्रो चलाउने व्यक्तिलाई मात्रै छान्ने गरेको समेत उनले बताए । उनका अनुसार रुसी सेनाले युद्धमा जानका लागि दबाब दिन थालेपछि आफूहरु नेपाल फर्किएको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...