News Portal

तामाकोसीको १ अर्ब ५८ करोडको साधारण शेयर भोलिदेखि खुला

हिमाली संचार संवाददाता
६७४ पटक

काठमाडौं : माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले भोलि -बिहीबार) देखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो । शेयर खरिद गर्ने समय सोमबारसम्म तोकिएको छ । डिम्याट खाता खोलेका सर्वसाधारणले सि-आस्बा  प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

निष्कासन खुला बन्द भएको बढीमा एक साताभित्र शेयर बाँडफाँट हुनेछ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १७.२८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँको १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर दिइसकेको छ ।

दोलखा जिल्लाबासीका लागि निष्कासन गरिएको शेयर बुधबार बाँडफाँट भएकोे छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...