News Portal

तामाकोसीको १ अर्ब ५८ करोडको साधारण शेयर भोलिदेखि खुला

हिमाली संचार संवाददाता
६०९ पटक

काठमाडौं : माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले भोलि -बिहीबार) देखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो । शेयर खरिद गर्ने समय सोमबारसम्म तोकिएको छ । डिम्याट खाता खोलेका सर्वसाधारणले सि-आस्बा  प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

निष्कासन खुला बन्द भएको बढीमा एक साताभित्र शेयर बाँडफाँट हुनेछ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १७.२८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँको १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर दिइसकेको छ ।

दोलखा जिल्लाबासीका लागि निष्कासन गरिएको शेयर बुधबार बाँडफाँट भएकोे छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...