News Portal

  • उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पताल महाराजगंजमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महशूस गकेपछि गएराती शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, महाराजगंज बाँसबारीमा भर्ना भएका छन् । उनी  गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा समस्या देखिएपछि चीनमा अस्पतील भर्ना भएका थिए।

    त्यसयता उनी थप उपचारको लागि मंगलबार साँझ चेकजाचका लागि अस्पताल पुगेका थिए । श्रेष्ठको मुटुमा आंशिक अवरोध रहेको भागमा डाक्टर अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । 

    अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । गृहमन्त्री श्रेष्ठज्यू  चीनको भ्रमणमा रहेको बेला गत असोज ३० गतेदेखि कार्तिक १ गतेसम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो। 

    उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध रहेको देखिएको श्रोतले जानकारी दिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...