News Portal

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पताल महाराजगंजमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महशूस गकेपछि गएराती शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, महाराजगंज बाँसबारीमा भर्ना भएका छन् । उनी  गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा समस्या देखिएपछि चीनमा अस्पतील भर्ना भएका थिए।

त्यसयता उनी थप उपचारको लागि मंगलबार साँझ चेकजाचका लागि अस्पताल पुगेका थिए । श्रेष्ठको मुटुमा आंशिक अवरोध रहेको भागमा डाक्टर अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । 

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । गृहमन्त्री श्रेष्ठज्यू  चीनको भ्रमणमा रहेको बेला गत असोज ३० गतेदेखि कार्तिक १ गतेसम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो। 

उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध रहेको देखिएको श्रोतले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...