News Portal

मोरङको रंगेलीमा प्रहरीसँग विधार्थी कार्यक्रममा मिलिल्याण्ड बोर्डिङ स्कुलको सहभागिता

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
३१३ पटक

मंसिर १८, सोमबार/मोरङ –  मोरङको रंगेलीमा “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङ्लस बोर्डिङ स्कुलको  समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रमको आयोजना गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक विच सुमधुर सम्बन्धको विकास र  समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्धेश्यका साथ एक दिने कार्यक्रम गरिएको आयोजना गरिएको हो । 

आयोजित कार्यक्रमको अवसरमा विधालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत १२० जना छात्र, छात्राहरुको सहभागिता रहेको थियो । सो अवसरमा  इलाका प्रहरी कार्यालय परिसर भित्र विभिन्न जातका १ सय वटा विरुवाहरु वृक्षारोपण समेत गरिएको थियो ।

बिधालयले कार्यलयमा रहेको मानव मस्तिष्क  आकारको पुस्तकालयमा विधालयको तर्फबाट २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरु समेत दिएको  थियो। कार्यक्रमको सिलसिलामा शिक्षक तथा विधार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ति करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानूनी व्यवस्था बारेमा  प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले प्रशिक्षण  गरेका थिए । 

उक्त कार्यक्रममा बिधालयका हेड मेम प्रतिक्षा कार्की, दिपिका दहाल, प्रविना राजबंशी, अम्विका पोख्रेल, अनुपा अधिकारी लगायत शिक्षक तथा शिक्षीकाहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...