News Portal

मोरङको रंगेलीमा प्रहरीसँग विधार्थी कार्यक्रममा मिलिल्याण्ड बोर्डिङ स्कुलको सहभागिता

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२७८ पटक

मंसिर १८, सोमबार/मोरङ –  मोरङको रंगेलीमा “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङ्लस बोर्डिङ स्कुलको  समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रमको आयोजना गरिएको छ ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक विच सुमधुर सम्बन्धको विकास र  समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्धेश्यका साथ एक दिने कार्यक्रम गरिएको आयोजना गरिएको हो । 

आयोजित कार्यक्रमको अवसरमा विधालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत १२० जना छात्र, छात्राहरुको सहभागिता रहेको थियो । सो अवसरमा  इलाका प्रहरी कार्यालय परिसर भित्र विभिन्न जातका १ सय वटा विरुवाहरु वृक्षारोपण समेत गरिएको थियो ।

बिधालयले कार्यलयमा रहेको मानव मस्तिष्क  आकारको पुस्तकालयमा विधालयको तर्फबाट २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरु समेत दिएको  थियो। कार्यक्रमको सिलसिलामा शिक्षक तथा विधार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ति करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानूनी व्यवस्था बारेमा  प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले प्रशिक्षण  गरेका थिए । 

उक्त कार्यक्रममा बिधालयका हेड मेम प्रतिक्षा कार्की, दिपिका दहाल, प्रविना राजबंशी, अम्विका पोख्रेल, अनुपा अधिकारी लगायत शिक्षक तथा शिक्षीकाहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...