मंसिर १७, आईतवार/मोरङ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ स्थित कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्नेलाई रंगेली प्रहरी पक्राउ गरेको छ।
प्रहरीले सुर्तिजन्य पदार्थ भोला/गुट्खाको पाकेटमा हुने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने स्थानीय केशव किराना पसलका संचालक ४८ बर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यापारीको घरबाट रेडिमेट टोबाको लेखिईएको अन्तःशुल्कको ३ हजार १ सय ४० थान स्टिकर सहित प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । व्यापारी राजवंशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीले आन्तरिक राजस्व कार्यालय विराटनगर पठाईएको रंगेली प्रहरीले हिमालीसंचारडटकमसंग बताए।