News Portal

बागलुङकी पुनिकला घर्तिको उपचारमा समस्या, सहयोगको अपिल

हिमालीसंचार संवाददाता
२५० पटक

कुवेत -बागलुङ निसिखोला गाउँपालिका वडा नं. २ की दुवै मृगौला पीडित पुनिकला घर्तिको आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ । विगत एक वर्षदेखी दुवै मृगौला फेल भएको बहिनीको यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि दाजु चिन घर्तिले अनुनयविनय गरेका छन ।

निसिखोला गाउँपालिका निवासी दिल बहादुर घर्तिको २३ वर्षीय दुवै मृगौला पीडित छोरी पुनिकला घर्ति पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लामोदेखी उपचाररत छिन । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र बुवाको समेत मृत्यु भएका कारण थप उचारका लागि समस्या परेको छ ।

मृगौला प्रत्यारोपणका लागि ठुलो धनरासीको आवश्यक परेको र परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारमा समस्या परेको छ । मृगौला पीडित पुनिकला पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोश्रो वर्षमा अध्ययनरत छिन । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई ‘पुनिकला घर्ति बचाउ अभियान’ मा सक्दो सहयोग गरि उनको जिवन रक्षाका लागि कुवेतको नेपाली समाजको चिरपरिचित समाजसेवी राम बस्नेतले आर्थिक सहयोगका लागि अपिल गरेका छन ।

साथै पुनिकला घर्तिलाई नयाँ जीवन दिन तलको विवरण अनुसार सहयोग गर्न सकिने बताइएको छ । आर्थिक सहयोगका लागि सम्पर्कः China Gharti Prabhu Bank A/C : 1430141663700018 Esewa: 9805248408 QR Code

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...