News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल-भारत सिमाक्षेत्रमा नेपाल प्रहरीको मिलेमतो, नेपाली कृषक मर्कामा परेको गुनासो

    हिमालीसंचार संवाददाता
    १६४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछी, चाँदनी चोक लगायतका स्थानबाट दैनिक अबैध रुपमा भारतबाट कुखुरा तथा माछा नेपाल भित्रन थालेपछि नेपाली कृषकहरु मार्कामा  परेका छन ।

    नेपाल भारत खुल्ला सिमाना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा कुखुरा तथा चाईनज माछा ल्याउने र नेपाली बजारमा सस्तोमा बिक्रीवितरण गर्दा नेपाली कृषकहरुले उत्पादन गरेको कुखुरा, चाईनिज मुग्री जातका माछा र भुरा माछ ले नेपाली बजारमा भाउ पाउन छाडेको छ। बिगत १२ बर्षदेखि व्यावसाय गर्दे आईरहेका केशब कुमार मण्डलले हिमालीसंचारडटकमसंग बताए ।  

    पछिल्लो समय स्थानीय युवाहरु विदेश काम गर्ने जान वाघ्य भएता पनि अन्य युवाहरुले  नेपालमै बसेर केही गर्ने सकिन्छ भने ऋण गरेर कुखरा तथा माछा   व्यावसाय संचालन गरेता पनि निर्बात रुपमा भारतबाट कुखुरा भित्रिन थालेपछि कृषकहरु चिन्तित भएका हुन ।   

    रंगेली ५ स्थित आमगाछीमा रहेको सशस्त्र प्रहरी बिओपी धनापटीको चेकपोष्टका लापरबाहीले गर्दा दैनिक ६० केजीदेखि ९० केजीसम्म कुखुराहरु नेपाल भित्र्याउने गरेको स्थानीय कृषकहरुले बताएका छन   

    ससस्त्र प्रहरी बिओपिको ४ किलोमिटर क्षेत्रमा  सिमानामा कडाई गर्नुपर्ने भएता पनि भारतबाट कुखुरा ल्याउने व्यवसायले डिउटीमा खटिने सशस्त्र प्रहरीहरुलाई प्रलोभनमा पारेर कुखुरा नेपाल भित्र्याउने गरेको स्मृति कृषि फमका संचालक लक्ष्मण मण्डल बताउछन् ।

    केही महिना अगाडिदेखि रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिकाको सिमाक्षेत्रबाट अबैध रुपमा कुखुरा र चाईनिज मुग्रि माछा र माछाका भुराहरु अबैध रुपमा लुकाई छिपाई नेपाल भित्र्याउने र सस्तो मुल्यमा बिक्रीवितरण गर्ने र नेपालमै उत्पादन गरेर बिक्रीवितरण गर्दा महगो रुपमा बिक्री गर्दे बिक्री नहुदा स्थानीय कृषकहरु थप मार्कामा पर्ने थालेको व्यवसायीहरुले बताए । 

    बिगत १२ बर्षदेखि रंगेली ५ स्थित आमगाछीमा कुखुरा व्यवसाय गर्दे आईरहेका कृषकहरुले सशस्त्र प्रहरीहरुको मिलेमतोमा आफ्नो व्यवसाय सङ्कटमा परेको केशब कुमार मण्डलले बताए ।  उनका अनुसार आफ्नै देशमा केही गर्ने बिचार गरेर व्यवसाय गर्दे आईरहेता पनि पछिल्लो समयमा सिमाक्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा अबैध रुपमा भारतबाट कुखुराहरु नेपाल भित्र्याउने र सस्तो मुल्यमा बिक्री गर्ने थालेपछि आफुले उत्पादन गरेको कुखुरा मेहनत अनुसार आम्दानी नहुने देखेपछि उनीहरुले व्यवसाय बन्द गरेर बिदेश जानु पर्ने वाध्यता समेत रहेको कमल कृषि फमका संचालक कमल सिंह खड्काले बताए । 

    सिमाक्षेत्रमा रहेका भारती एसएसपीहरुले सिमाक्षेत्रमा पुर्ण रुपमा कडाई गरेता पनि नेपालतर्फको क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी धनापटीमा रहेको चेक पोष्टका लापरबाहीका कारणले गर्दा स्थानीय नेपाली कृषकहरु समस्यामा परेको उनीहरु बताउँछन् ।  

    भारतबाट १ सय ६० रुपैयाँ प्रतिकेजीका दरले नेपाल ल्याउने र २ सय रुपैयाँमा बिक्रीवितरण गर्ने गरेको र यहाँका कृषकहरुले उत्पादन गरेको कुखुरा बिक्री गर्दा २ सयदेखि २ सय ३० रुपैयाँसम्म प्रतिकेजीमा बिक्री गर्दा मात्रै आफुहरुलाई फाईदा हुने स्मृति कृषि फमका लक्ष्मण मण्डलले बताए । 

    सिमाक्षेत्रमा भएको अबैध कुखुरा ओसारपसारको बिषयमा रंगेली ५ स्थित आमगाछीमा रहेको सशस्त्र प्रहरी बिओपी धनापटीका प्रहरी निरिक्षक बालकृष्ण श्रेष्ठका अनुसार आफ्नो ४ किलोमिटर सिमाक्षेत्रमा कुनै पनि कुखुरा, माछा तस्करी नभएको र तस्करी भएको फोटो खिचेर देखाउनु भन्दै पन्छिन खोजेका छन। 

    नेपाल भारत सिमाक्षेत्रमा नेपाल सरकारले चोरी तस्करी, सिमा सुरक्षा नियन्त्रण गर्ने उदेश्यका साथ  आमगाछी प्रहरी चौकी, सिक्टि बिओपी, सिक्टि प्रहरी चौकी, मायाँगन्ज सशस्त्र बेश क्याप, सशस्त्र वेश क्याप नोचा, बिओपी चुन्नीवारी रहेता पनि प्रहरीको फितलो कारणले गर्दा स्थानीय व्यवसायहरु मर्कामा परेका हुन् । 

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...