News Portal

नेपाल आयल निगम ऋण मुक्त, निगमले अझैं मुल्य धटाएन

“निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ!”

हिमालीसंचार संवाददाता
२७७ पटक

काठमाडौं – नेपाल आयल निगमले करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको निगम ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै पटक पटक मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको नेपाल आयल निगम ऋण मुक्त हुँदासमेत अझैं मूल्य घटाएको छैन ।

विगत विस २०७७ सालदेखि निरन्तर घाटामा जान थालेको नेपाल आयल निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद गर्नका लागि २४ अर्ब रुपैयाँ यसअघि नै निगमले ऋण चुक्ता गरिसकेको छ ।

नेपाल सरकारलाई हिजो विहिबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैंन ।

नेपाल आयल निगमवे पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका नेपाली उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली पनि लागू गरेको छैन ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोल पदार्थमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था रहेको छ । पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...