News Portal

  • बुटवलको सिद्धार्थ बाल तथा महिला आम्दा अस्पतालका स्वास्थ्यकर्मी कुट्ने ७ जना पक्राउ

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    युवा राई/ बुटवल – बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको घटनामा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन्।

    गत सोमबार अस्पतालमा उपचाररत सुत्केरीका लागि ल्याईएका एक महिलाको मृत्यु भएपछि मंगलबार महिलाका आफन्तहरूले डाक्टर बस्यालमाथि कुटपिट गरेका थिए।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) दान बहादुर थापाले उक्त घटनामा संलग्न ७ जनालाई बुधबार नै पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेहरूमा मृतक महिलाको भाइ हरि राजकोटी, प्रगती थापा, लिला थापा, प्रकृति थापा, कुमार थापा, मिलन राना र दिलबहादुर थापा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

    सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे आज बिहान २ बजे अस्पतालमा अस्पताल प्रशासन र प्रहरीले पीडित पक्षसँग संयुक्त छलफल गरेको थियो।

    छलफलका क्रममा पीडित पक्षका केही व्यक्तिहरूले डाक्टर बस्याललाई कुटपिट गरेका थिए। उनीहरूको आक्रमणबाट बस्यालको टाउको र छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

    आक्रमणबाट गम्भीर घाइते भएका उनलाई घटना लगत्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। अहिले उनलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

    घटना लगत्तै कुटपिटमा संलग्नलाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए। तर, प्रहरीले अझै पनी उनीहरूविरूद्ध कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन।  

    अहिले प्रहरी जनशक्ति अस्पतालतर्फ नै केन्द्रित भएकोले पक्राउ परेकाहरुसँग सामान्य सोधपुछ बाहेक अन्य कुनैपनि कारवाही प्रक्रिया अगाडी नबढाइएको डिएसपी थापाले बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले पनि राती भएको घटनालाई साम्य पार्न चिकित्सकलाई कुटपिट गर्ने ७ जनालाई पक्राउ गरिएको भएपनि अन्य कुनै कारवाही प्रक्रिया अगाडी नबढाईएको बताए।

    ‘पक्राउ परेकाहरुलाई कस्तो कारवाही प्रक्रिया अगाडी बढाउने भन्दा पनि अहिलेको पहिलो काम भनेको अस्पतालमा उत्पन्न परिस्थितीलाई साम्य बनाउनमै प्रहरीको ध्यान केन्द्रित रहेको प्रहरीको भनाई रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...