News Portal

खोटाङको बराहापोखरीमा सांस्कृतिक महोत्सव सांसद राईले गरे उद्घाटन

हिमालीसंचार संवाददाता
२५१ पटक

खोटाङ – खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिका स्थित बाराहापोखरीमा सांस्कृतिक महोत्सव सम्पन्न गरिएको छ। प्रतिनिधिसभा सदस्य रामकुमार राई “पासाङ”ले उत्धाटन गरेका थिए।

बाराहापोखरी गाउँपालिकाको आयोजना र खोटाङ कलाकार समाजको सह-आयोजनामा आयोजित  महोत्सव बाराहापोखरी स्थित शंखेश्वरी माविमा कार्यक्रम उत्धाटन गरिएको हो। 

जिल्लाको बाराहापोखरीको ऐतिहासिक एवं धार्मिक महत्त्वलाई सबै सामु पुर्याउने मूल उद्देश्यका साथ आयोजना गरिएको उक्त सांस्कृतिक महोत्सवमा सांगीतिक कार्यक्रम सहित नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति गायक शम्भु राई, चर्चित गायक कमल खत्री, हास्य कलाकार सुबोध गौतम लगायत खोटाङ कलाकार समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, महोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, जिल्ला समन्वय समिति सदस्य मोहन सुप्तिहाङ, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्का, खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेस राई  र नेपाली कांग्रेस खोटाङका जिल्ला प्रतिनिधि तारामान राई, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल लगायतका आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो। 

आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि सांसद राईले खोटाङका बाराहापोखरी जस्ता महत्त्वपूर्ण ठाउँहरुको विकासका निम्ति व्यवस्थित सडकहरू निर्माण र प्राकृतिक नाकाबन्दीको रूपमा रहेको कोशीको पुल निर्माण चाडै सम्पन्न हुनु पर्ने भन्दै चुनावी दौरानमा आफूहरूले गरेको प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गरि छाड्ने समेत प्रतिबद्धता जाहेर गरे ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले संघीयताको मर्म अनुसार संघीय सरकारले स्थानीय तहहरुलाई बलियो बनाउदै पूर्ण बजेट स्थानीय तहमा पठाउनु पर्ने भन्दै यसो भए बाराहापोखरी जस्ता ठाउँहरुको विकास गर्न कसैको मुख ताक्नु नपर्ने तर्क गरेका थिए ।

त्यस्तै, जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङले नेपाल सरकारले बाराहापोखरीलाई नेपालको पर्यटन प्रवर्द्धनका निम्ति सय गन्तव्य स्थानमा सूचीकृत गरेको बताउदै यस क्षेत्रको धार्मिक महत्त्वलाई सबै सामु चिनाउन सके पर्यटकहरुको आगमनले सिंगो खोटाङ जिल्लाकै समृद्धिमा टेवा पुग्ने बताएका थिए।

आयोजित कार्यक्रममा अधिकांश वक्ताहरूले बाराहापोखरीको प्रचारप्रसारमा सबै जुट्नु पर्ने बताउदै यसले समग्र खोटाङ जिल्लाकै विकासका निम्ति सहयोग पुग्ने बताएका थिए। कार्यक्रम उद्घाटन समारोहको अध्यक्षता स्थानीय गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले गरेका थिए ।

यस क्षेत्रमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन भव्य मेला लाग्ने गर्दछ भने शिव रात्रि, राम नवमीमा समेत मेला लाग्नुको अतिरिक्त माघे सङ्क्रान्तिमा पनि धुमधामका साथ मकर स्नान गर्न मानिसहरु आउने गर्छन् ।

यहाँ लाग्ने मेलामा धामीझाँक्रीहरुको उपस्थितिलाई विशेष मानिने गरिन्छ। यहाँ शंखेश्वरी महादेवको मन्दिर र किराँत देवता हुलुप्पा हुलुप्माको पनि गुफा रहेको छ ।

यस बराहपोखरीमा दुर्लभ रातो माछा पाउनु यहाँको मुख्य विशेषता हो भने यहाँ स्नान गर्दा आफ्नो मनोकाक्ष पूरा हुने जनविश्वास रहेको हुनाले पनि टाढा टाढाबाट श्रद्धालु भक्तजनको उपस्थिति हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...