
कुवेत सिटी, कुवेत। कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राजप्रासदमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।
राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै कुवेती युवराजले आर्थिक सहयोगका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कुवेतकालागि नेपालका महामहिम राजदूत घनश्याम लम्सालले हिजो कुवेतका युवराजसमक्ष बयान प्यालेसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको सम्बन्धमा नेपाली राजदूतावास कुवेतबाट जारी गरिएको प्रेस विज्ञप्ती:-

कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
