News Portal

खोटाङको सुङदेलमा अलैची खेलीमा सुकौरा लाग्दा आयो उत्पादनमा ह्रास

हिमालीसंचार संवाददाता
३२१ पटक

सुङदेल – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको खेती योग्य उर्वरभूमि केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलमा यो बर्ष अलैची खेतीमा सुकौरा लागेपछि ठुलो ह्रास आएको छ।

जिल्लाकैं उर्बर भूमि मानिएको सुङदेलमा बर्षेनी राम्रो उत्पादन हुने नगदेवालीमा यो बर्ष अलैची खेतीमा समेत ठुलो ह्वास आएको सुङदेलटारका स्थानीय कृषक दुर्पीन राईले हिमालीसंचारडटकमसंग बताए। 

उनका अनुसार सुङदेलमा बर्षेनी ६ सय मन अलैंची उत्पादन हुने सुङदेलमा यो बर्ष अलैचीको बोटमा नै सुकौरा (खुईलिने) रोगले गर्दा अलैची उत्पादनमा कमी आएको हो। 

सुङदेलमा भर्खर भर्खर अलैची खेतीका लागि उत्साहित कृषक अलैची खेती सम्बन्धि राम्रो प्राविधिक ज्ञान नभएकाले पनी अलैची खेतीमा ह्रास आएको समेत स्थानीय कृषकहरु बताउछन्। गतबर्ष मात्र २३ मन बढी अलैची उत्पादन गरेकोमा यो बर्ष करिब ९ मन भन्दा बढी उत्पादन गर्न नसकेको कृषकहरु बताउछन् । 

यो बर्ष ५५.५ प्रतिमनका दरले किनबेच भईरहेको स्थानीय कृषकहरु बताउछन् । स्थानीय किसानहरुले अलैचि बेचेर आफ्नो जिविको पार्जन गरिरहेको अवस्थामा एक्कासी उत्पादनमा ठुलो ह्रास आउदा आर्थिक उपार्जनमा टेवा पुऱ्याउदै आएका स्थानीय कृषकहरुलाई ठुलो नोक्सान भएको हो। स्थानीय कृषक चन्द्रबहादुर राईका अनुसार बैशाख, जेठ र असारमा अलैची गोडमेल गर्दा पनी अलैची उत्पादनमा कमी हुने अनुभव सुनाउछन्। 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...