News Portal

भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं -पश्चिम नेपालमा शुक्रवार गएको भूकम्प परेर अहिलेसम्म एक सय २८ जनाको मृत्यु भएको छ।भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ । जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने रूकुममा कम्तिमा ३६ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले ३६ बढीको मृत्यु भएको र ५३ जना अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । डिएसपी भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिनुभयो ।

भूकम्पले जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...