News Portal

पर्वतको हुबासस्थित बन्द रहेको मिसन अस्पताल सञ्चालनको तयारी

हिमालीसंचार संवाददाता
३२९ पटक

पर्बत। पर्बत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तिब्र रुपमा तयारी भैरहेको छ। बिगत २२ बर्ष देखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको बाताबरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले काम गरिरहेको छ।

यसै शिलशिलामा स्थानीय सरोकारवाला व्यक्ति, संघसंस्था र स्थानीय सरकारसंग समेत गरिएको पटकपटकको छलफल पछि देउराली फाउण्डेशनले प्रारम्भिक काम सुरु गरेको हो।

सर्वप्रथम फाउण्डेशनको सचिवालय बैठकले अस्पतालको जग्गा, भवन र अन्य भौतिक सम्पत्तीको सुरक्षाकालागि अस्पताल परिसरमा तारजाली लगाई गेट निर्माण गर्नुपर्ने ठहर गरेसंगै परिसरमा तारजाली लगाएर कम्पाउण्डिङ्ग गरि गेट हाल्ने र सेफ्टी ट्यांकी निर्माण गर्ने काम सम्पन्न भएको छ।

यसैगरि, दोस्रो चरण अन्तर्गतको भवनहरुको मर्मत संहार, रंग रोगन, विद्युतीकरण र प्लम्बिङ्ग सम्बन्धि कामहरु पनि केहि दिनमै सुरु हुन लागेको फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए।

अहिले भएका कामहरुमा अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई संसारभरका नन रेसिडेण्ट नेपालीहरुको हितमा काम गरिरहेको परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनले आर्थिक सहयोग गरेको छ।

अमेरिकाबाट आएका विशेषज्ञ डाक्टरहरुको समुहले स्थानीय साझेदारहरुसंगको सहकार्यमा २०५० सालमा स्थापना भएको मिसन अस्पताल ८ वर्ष मात्र संचालन भई २०५८ साल देखि बन्द छ।

इतिहास बोकेको र स्थानीय जनतामाझ लोकप्रिय अस्पताल फेरी सञ्चालन हुन लागेको खबरले हुबास र आसपासका क्षेत्रमा खुसियाली छाएको छ।

यसैगरि, एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशनका अध्यक्ष माधव मरासिनीले बन्द रहेको अस्पताल पुनः सञ्चालनको प्रारम्भिक चरणमा जोडिएर परोपकारी काम गर्न पाउँदा खुशी व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...