News Portal

फेसबुक र मेसेन्जरमा पनि आयो ब्रोडकास्ट च्यानल, के-के छन् फिचर ?

हिमालीसंचार संवाददाता
४७५ पटक

काठमाडौं। इन्स्टाग्राम र ह्वाट्सएपमा उपलब्ध ब्रोडकास्ट च्यानल अब फेसबुक र मेसेन्जरमा पनि आउने भएको छ। मेटाले हालै एक ब्लक पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो।

ब्राेडकास्ट च्यानलले धेरै सदस्य भएको ग्रुप च्याटजस्तै काम गर्ने गर्छ। यसमा क्रियटरले आफ्ना फलोअरलाई इन्भाइट गर्न सक्छन्। त्यसमा जोडिएकाहरू माँझ भोइस नोट्स, पुल्स, टेक्स्ट पोस्ट, फोटो/भिडिओ शेयर गर्न सक्छन्।

त्यसरी कुनै पनि कुरा पठाउँदा त्यहाँ जोडिएका सदस्यहरूले सूचना पाउँछन्। जसलाई उनीहरूले चाहे म्यूट गर्न सक्छन्। तर क्रियटरले मात्र च्यानलमा मेसेज पठाउन पाउँछन्। सदस्यहरूले भने त्यसमा प्रतिक्रिया दिन तथा पोलमा भोट हाल्न सक्छन्।

विशेषगरी पेजहरूका लागि ब्राेडकास्ट च्यानल उपलब्ध हुनेछ। हाल यो फिचर परीक्षणकै क्रममा छ। सेलिब्रेटी वा कम्पनीको आधिकारिक पेज चलाइरहेका व्यक्तिले पेजमार्फत नै च्यानल सुरु गर्न सक्नेछन्।

च्यानल बनाएर पहिलो मेसेज पठाएपछि उक्त पेज फलो गरेका सबैले एकपटकका लागि त्यसमा जोडिने सम्बन्धी सूचना पाउँछन्। त्यस्तै त्यसमा जोडिन चाहने पनि पेजबाट सिधै जोडिन सक्नेछन्। पब्लिक मेसेजिङ टुल कुनै पनि पेजमा हुने गतिविधिबारे अपडेट हुन उपयोगी हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...