News Portal

फेसबुक र मेसेन्जरमा पनि आयो ब्रोडकास्ट च्यानल, के-के छन् फिचर ?

हिमालीसंचार संवाददाता
४९० पटक

काठमाडौं। इन्स्टाग्राम र ह्वाट्सएपमा उपलब्ध ब्रोडकास्ट च्यानल अब फेसबुक र मेसेन्जरमा पनि आउने भएको छ। मेटाले हालै एक ब्लक पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो।

ब्राेडकास्ट च्यानलले धेरै सदस्य भएको ग्रुप च्याटजस्तै काम गर्ने गर्छ। यसमा क्रियटरले आफ्ना फलोअरलाई इन्भाइट गर्न सक्छन्। त्यसमा जोडिएकाहरू माँझ भोइस नोट्स, पुल्स, टेक्स्ट पोस्ट, फोटो/भिडिओ शेयर गर्न सक्छन्।

त्यसरी कुनै पनि कुरा पठाउँदा त्यहाँ जोडिएका सदस्यहरूले सूचना पाउँछन्। जसलाई उनीहरूले चाहे म्यूट गर्न सक्छन्। तर क्रियटरले मात्र च्यानलमा मेसेज पठाउन पाउँछन्। सदस्यहरूले भने त्यसमा प्रतिक्रिया दिन तथा पोलमा भोट हाल्न सक्छन्।

विशेषगरी पेजहरूका लागि ब्राेडकास्ट च्यानल उपलब्ध हुनेछ। हाल यो फिचर परीक्षणकै क्रममा छ। सेलिब्रेटी वा कम्पनीको आधिकारिक पेज चलाइरहेका व्यक्तिले पेजमार्फत नै च्यानल सुरु गर्न सक्नेछन्।

च्यानल बनाएर पहिलो मेसेज पठाएपछि उक्त पेज फलो गरेका सबैले एकपटकका लागि त्यसमा जोडिने सम्बन्धी सूचना पाउँछन्। त्यस्तै त्यसमा जोडिन चाहने पनि पेजबाट सिधै जोडिन सक्नेछन्। पब्लिक मेसेजिङ टुल कुनै पनि पेजमा हुने गतिविधिबारे अपडेट हुन उपयोगी हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...