
धरान – धरान उपमहानगरपालिका धरान ५ स्थित आपटार र ठिङ्गाबारी विचको अधेरी खोलामा सुनसरी जिल्लाकै सबै भन्दा लामो २३३ मिटरको झोलुङगे पुल निर्माण सम्पन्न गरी उद्धाटन गरिएको छ।
प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरेका झोलुङगे पुलको बिधिवत उद्धाटन संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले सयुक्त रुपमा पुल उद्घाटन गरेका हुन ।
उक्त पुलको कुल लागत १ करोड ८ लाख ४२ हजार ९१५ रुपैया लागत लागेको वडाअध्यक्ष मन प्रसाद लिम्बुले जानकारी दिए । उनका अनुसार पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अथवा ५०३ जना क्षमता रहेको छ ।
धरान-५ ठिङगाबारीमा संचालनमा आएको टिकटक रिसोर्ट पनि उद्घाटन गरिएको छ। रिसोर्टको उद्धाटन समेत गरिएको थियो। टिकटक रिसोर्ट साढे ११ कट्ठाको क्षेत्रफलमा निर्मित गरिएको हो। उक्त रिसोर्ट करिब ३ करोड लगानीमा निर्माण गरिएको हो।
रिसोर्टमा हाल काठको रोटेपिङ्ग, केटाकेटीको लागि चिप्लेटी, फोटो खिच्नको लागि सर्पको प्रतिमा पनि राखिएको सञ्चालक मध्येका यम लिम्बुले जानकारी दिए । उक्त रिसोर्ट यम लिम्बु, यम हुक्सा चोङवाङ, सोमा राई र मैना राईको संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
