News Portal

उपराष्ट्रपति र कांग्रेसको चियापान कार्यक्रमको दिन जुधेपछी उपराष्ट्रपति पुन दलविशेषको चियापानमा उपस्थित नहुने

हिमाली संचार संवाददाता
६४६ पटक

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसको चियापान एकै दिन परेको छ । दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा दुबैले कात्तिक १६ गते चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

चियापान कांग्रेसले मध्यान्ह एक बजे सानेपास्थित बीपी स्मृति भवनमा गर्न लागेको छ भने उपराष्ट्रपति कार्यालयले पनि सोही दिन मध्यान्ह दुई बजे बहादुर भवनमा चियापान कार्यक्रम आयोजना गरेको छ । मिति जुधेपछि दुबै पक्षले पहिला आफूले घोषणा गरेको दाबी गरेका छन् ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको चियापान कार्यक्रम पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण १६ कात्तिकका लागि सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । ‘हामीले २८ असोजमा मिति तय गरेर त्यसको भोलिपल्ट नै चियापान सरेको प्रेस वक्तव्यमा उल्लेख गरेका थियौं’, शर्माले अनलाइनखबरसँग भने ।

एकै दिन दुईवटा कार्यक्रम हुँदा निम्तालुहरूलाई समस्या पर्ने शर्मा बताउँछन् । उनी भन्छन्, ‘हाम्रो निम्तो मान्न उपराष्ट्रपतिज्यू पनि नआउनु हुने भयो र उहाँले पनि प्रमुख प्रतिपक्षविनाकै चियापान गर्न खोज्नु भएजस्तो देखियो ।’

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगर भने कांग्रेसले भन्दा पहिला आफूहरूले मिति तय गरेको बताउँछन् । उनका अनुसार उपराष्ट्रपति कार्यालयले असोज २१ गते नै चियापानको मिति तय गरिसकेको थियो ।

‘सञ्चार माध्यममा अहिले समाचार आए पनि मिति पहिला नै तय भइसकेको थियो’ मगर भन्छन्, ‘कांग्रेसले कोजाग्रत पूणिर्माको दिन गर्ने भएकाले मिति नजुधोस् भनेरै १६ गतेलाई तय भएको थियो ।’
उपराष्ट्रपतिलाई कांग्रेसको चियापानको निम्तो आएको बताउँदै प्रेस संयोजक मगर राष्ट्रपति र उपराष्ट्रपति कुनै पनि दलविशेषको कार्यक्रममा सहभागी नहुने परम्परा रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...