News Portal

पहिचान पक्षधरलाई विनासर्त रिहा नगरे अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी

हिमालीसंचार संवाददाता
३९० पटक

धनकुमार बान्तावा/धनकुटा  – कोशी प्रदेश खारेजीको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा पक्राउ गरिएका पहिचानवादी नेता-कार्यकर्ताहरूलाई बिनाशर्त रिहा गर्न पहिचान पक्षधर संघ, संस्थाहरूले माग गरेका छन् । विनासर्त रिहा नगरे अनिश्चितकाल धनकुटा बन्द गर्ने चेतावनी समेत दिएका छन्।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाहरूले शनिबार प्रेस विज्ञप्ति जारी गरी भोलिसम्म पक्राउ परेका ३ जना पहिचान पक्षधर नेता-कार्यकर्तालाई नछाडेमा धनकुटा जिल्ला बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिने उल्लेख  गरेका छन्। 

गत असोज २५ गते झुठा आरोपमा धनुकटाको चौबिसेस्थित आ-आफ्नै घरबाट पहिचानवादी नेता-कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । 

प्रहरीले बिना अभियोग, अदालतको आदेश जानकारी विना नै व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र गोपनीयताको अधिकार समेतको उल्लंघन गर्दै घरबाटै अपहरण शैलीमा पक्राउ गरिएको उल्लेख गर्दै आपत्ती जनाएका छन्।

उनीहरुलाई विना कारण पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन (असोज २५ गते) नै विज्ञप्तिमार्फत प्रशासनलाई जानकारी गराइएको र संयुक्त संघर्ष समितिले निरन्तर पहल गरिरहेको विज्ञप्तीमा उल्लेख गरेका छन्। तर, हालसम्म रिहाइ नभएको भन्दै असोज २८ गतेसम्म बिनाशर्त नछाडेका असोज २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी दिएका छन्। 

संयुक्त संघर्ष समितिले इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार गरेका छन्। त्यस्तै, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने, २९ गते सुनसरीको धरान-भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँचथरको ६ नम्बर बुधबारे-रबि, तेह्रथुम भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने जनाएका छन्। त्यस्तै विज्ञप्तिमा रिहाइ नगरेमा असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने उल्लेख गर्दै चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...