News Portal

तोकिएको भन्दा बढी भाडा असुल्ने चालकलाई ट्राफिक प्रहरीले गऱ्यो कारवाही

हिमालीसंचार संवाददाता
४६४ पटक

खोटाङ – खोटाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बढी भाडा उठाउने चार सुमो चालकलाई कारबाही गरेको छ ।

नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सवारी चालक तथा सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकहरु कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिए।

दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा २ हजार १० रुपैयाँ निर्धारण गरिएको भए पनि सुमो चालकले २ हजार २ सयदेखि ३ हजार ५ सयसम्म भाडा लिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी निर्धारित भाडा दरमा १ हजार ४९० रुपैयाँ बढी भाडा लिएको यात्रुको गुनासो छ । अभियान सुरु गरेको दुई दिनमै चार वटै सुमोलाई कारबाही स्वरुप आगामी दिनमा गल्ती नदोहोर्‍याउने सर्तमा तीन/तीन हजार जरिवाना गरेर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।

सुमो चालकले यात्रुबाट निर्धारण गरिएकोभन्दा झण्डै दोब्बर बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले असोज २६ गतेदेखि विशेष सवारी जाँच अभियान शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...