News Portal

मोरङको रंगेलीमा “प्रहरी सँग बिधार्थी” कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२६२ पटक

असोज २७, शनिबार/मोरङ  मोरङमा इलाका प्रहरी कार्यालय रंगेलीले बिधार्थी संग प्रहरी कार्यक्रम सम्पन्न गरेको छ । ६८औं प्रहरी दिवसको अवसरमा रंगेली प्रहरीले कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो। 

आयोजित कार्यक्रममा हिरासत कक्षमा “मानव मस्तिष्क आकारको पुस्तकालयको स्थापना समेत गरेको छ । कार्यालयमा प्रहरीले विभिन्न जीवनपयोगी पुस्तकहरु राख्नका लागि सद्भाव वचत तथा ऋिण सहकारी संस्थाले काठको माध्यमबाट मानव मस्तिष्क आकारको पुस्तकालयको स्थापना गरेको छ।

पुस्तकालयको उद्घाटन रंगेलीमा रहेको ईन्जिनियर संकायमा अध्ययनरत कम उमेरका छात्र-छात्राहरुले समुद्धघाटन गरेका थिए । विद्यार्थीहरुलाई प्रहरीले दिने सेवा तथा प्रहरीले गर्ने काम कर्तव्यको बिषयमा जानकारी गराउनुका साथै प्रहरीले कुन फाँटबाट कुन-कुन सेवा प्रवाह गर्छ भन्ने विषयको जानकारी समेत गराएका थिए ।    

अबलोकन कार्यक्रम इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई, पव्लिक माध्यमिक बिधालयका प्रधानध्यापक अरविन साह, ईन्जिनियर संकायको प्रमुख एवं सदभाव साकोसको अध्यक्ष ई.कमलेश्वर ठाकुर, शिक्षक धर्मधोज पौडेल, सदभाव साकोसको तर्फबाट श्री प्रसाद ठकुर, राजदेव यादव  लगायतको समेत उपस्थिति रहेको थियो।  

रंगेली प्रहरीको आयोजना तथा श्री सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग र श्री पब्लिक माध्यमिक विद्यालय रंगेलीको प्राविधिक संकायको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो  ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...