News Portal

मोरङको रंगेलीमा “प्रहरी सँग बिधार्थी” कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२७३ पटक

असोज २७, शनिबार/मोरङ  मोरङमा इलाका प्रहरी कार्यालय रंगेलीले बिधार्थी संग प्रहरी कार्यक्रम सम्पन्न गरेको छ । ६८औं प्रहरी दिवसको अवसरमा रंगेली प्रहरीले कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो। 

आयोजित कार्यक्रममा हिरासत कक्षमा “मानव मस्तिष्क आकारको पुस्तकालयको स्थापना समेत गरेको छ । कार्यालयमा प्रहरीले विभिन्न जीवनपयोगी पुस्तकहरु राख्नका लागि सद्भाव वचत तथा ऋिण सहकारी संस्थाले काठको माध्यमबाट मानव मस्तिष्क आकारको पुस्तकालयको स्थापना गरेको छ।

पुस्तकालयको उद्घाटन रंगेलीमा रहेको ईन्जिनियर संकायमा अध्ययनरत कम उमेरका छात्र-छात्राहरुले समुद्धघाटन गरेका थिए । विद्यार्थीहरुलाई प्रहरीले दिने सेवा तथा प्रहरीले गर्ने काम कर्तव्यको बिषयमा जानकारी गराउनुका साथै प्रहरीले कुन फाँटबाट कुन-कुन सेवा प्रवाह गर्छ भन्ने विषयको जानकारी समेत गराएका थिए ।    

अबलोकन कार्यक्रम इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई, पव्लिक माध्यमिक बिधालयका प्रधानध्यापक अरविन साह, ईन्जिनियर संकायको प्रमुख एवं सदभाव साकोसको अध्यक्ष ई.कमलेश्वर ठाकुर, शिक्षक धर्मधोज पौडेल, सदभाव साकोसको तर्फबाट श्री प्रसाद ठकुर, राजदेव यादव  लगायतको समेत उपस्थिति रहेको थियो।  

रंगेली प्रहरीको आयोजना तथा श्री सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग र श्री पब्लिक माध्यमिक विद्यालय रंगेलीको प्राविधिक संकायको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो  ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...