News Portal

संखुवासभामा डेंगु परीक्षणका लागि कीट अभाव

हिमालीसंचार संवाददाता
३११ पटक

नवराज राई/संखुवासभा – संखुवासभा जिल्ला अस्पतालमा डेंगु रोग परीक्षण गर्नेका लागि कीट अभाव भएको छ । कीट अभावका कारण विकट क्षेत्रबाट आएका बिरामीलाई मर्का परेको छ ।

जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेंगु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । 

जिल्ला अस्पतालमा तीन दिनदेखि कीट अभाव हुदा डेंगु परीक्षणका लागि अस्पतालमा परिक्षण रोकिएको हो । कीट अभाव भएपछि कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ । 

जिल्लामा गत साउन महिनायता डेंगु संक्रमितको संख्या १ हजार ३ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्ला अस्पतालमा डेंगु बिरामी दैनिक बढ्दै गएपछि कीटको अभाव हुन थालेको हो। बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नु परिरहेको समेत अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...