News Portal

खोटाङमा गोरु काटेर सामुहिक भोज खाने चार जना युवा रिहा

हिमालीसंचार संवाददाता
१३९९ पटक

खोटाङ – पूर्वाञ्चलको खोटाङ जिल्लामा गोरु काटेर सामुहिक भोज खाएको आरोपमा संलग्न चारजना युवा १५ दिनपछि रिहा भएका छन्।

खोटाङमा गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय डिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङ मंगलबार तारेखमा रिहा भएका हुन्।

जिल्ला अदालतको आदेशमा तेजबहादुर तामाङ सामान्य तारेखमा र अन्य तीनजना रु.१०/१० हजार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

मंगोल नेशनल अर्गनाइजेसन (डिजिजी) को अगुवाइमा असोज–८ गते गोरु काटेर सामुहिक भोज खान र खुवाउन संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो। उनीहरुलाई आ-आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै डिजिजीले असोज–१० गते र असोज–१४ गते दिक्तेल बजारमा प्रदर्शन गरेको थियो ।

प्रहरीले गोरु काट्न नेतृत्व गर्ने भन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको थियो। डिजिजीले घटनाको अपनत्व लिन खोजेपछि जिल्लाका पहिचान पक्षधरहरु पछाडि हटेका थिए।

डा. गोपाल गुरुङ नेतृत्वको मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट फुटेर बनेको मंगोल नेशनल अर्गनाइजेसन (डिजिजी) समूहले पूर्वी नेपालमा गोरु काटेर सामुहिक भोजको आयोजना गर्दै आएको छ।

गोरु-गाई काटेर खाएको आरोपमा राज्यले धेरै मानिसलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि त्यसको प्रतिरोधमा पुर्वका विभिन्न जिल्लाहरुमा गोरु काटेर सामुहिक भोज खाने अभियान चलाइएको उनीहरुले बताउँदै आएका छन्।

डिजिजीमा आवद्ध समूहले पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा साँस्कृति क्रान्तिको रुपमा पहिचानवादी समुहले आन्दोलनका रुपमा अभियान नै संचालन गर्दै आएका छन्। 

संधीय सांसदमा समेत सांसद दुर्गा राईले काटेर पुजा गर्नेले पुजा गर्नु पाउनु पर्छ र पुजेर पुजा गर्नेले पुजा गर्न पाउनु पर्ने धारणा राख्दै संविधान संसोधनका लागि समेत माग गरेकी थिईन्। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...