News Portal

कराते महासंघ र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटद्वारा सम्मान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाण्डौं। नेपाल कराते महासंघ नुवाकोट र राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको संयुक्त आयोजनामा कलाकार, खेलाडी भेटघाट तथा सम्मान कार्यक्रम सामाखुसीको ग्लोबल क्याफेमा हिजो भब्यताको साथ सम्पन्न भएको छ।

संबिधान सभा सदस्य नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिं केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा बिशेष अतिथिहरु युवा नेता शुसिल खड्का, समाजसेवी प्रलाद थापा, समाजसेवी एवं पत्रकार रविन थपलिया, युवा नेता बिजय कुमार तामाङ, गायक तथा संगीतकार फुल कुमार बम्जन, बरिष्ठ लोक गायक, सर्जक नबिन ढुंगेल, राष्ट्रिय संगीतकर्मी संघ बा.प्र.का अध्यक्ष दावा फिन्जो तामाङ, अर्चना स्याङतान लगायत अन्य विशिष्ट अतिथिहरुको बाक्लो सहभागिता रहेको थियो।कार्यक्रममा सम्मानित हुनेमा डा.भावना लामा तामाङ, कवि/साहित्यकार बिना थिङ तामाङ, नविन ढुंगेल, फुल कुमार बम्जन, साफ च्याम्पियन खेलाडी कराते अनु अधिकारी, महिला फुटबल टिम पूर्व क्याप्टेन अनु लामा, समाजसेवी पवित्रा लामा, पूर्व प्रमुख सेनानी विमला कुमारी मोक्तान, कुमारी लामा, अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी, प्रतिज्ञा भण्डारी, राष्ट्रिय खेलाडी महिला रेसलर प्रमिला रुम्बा,चर्चीत रेसलरहरु, कमल लामा (नुवाकोटे टाइगर), नेपाली ब्रो, रेश्मा बम्जन, पवित्रा गुरुङलगायतका विभिन्न क्षेत्रको गरी करिव १०० जना भन्दा धेरैलाई सम्मान गरेका थिए।

राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका उपाध्यक्ष तथा कराते संघ बिदुर नगरका अध्यक्ष समेत रहेका कार्यक्रमका संयोजक सन्दिप कुमार तामाङले अत्यन्त सौहार्दपूर्ण वातारणमा संचालन गरेको कार्यक्रम लाई संघका महासचीव छिरिङ तामाङ र संघका प्रथम उपाध्यक्ष उत्तम भण्डारी, जिल्ला सह-कोषाध्यक्ष रोजी रुम्बाले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए। तामाङले कार्यक्रम सफलता बनाउन उपस्थित अतिथिहरु, सम्मानित हुने कलाकार, खेलाडीहरु, साहित्यकार, समाजसेवीहरु, मिडियाकर्मी लगायतका अन्य उपस्थित भएर प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद आभार व्यक्त गर्दै यस किसिमको भाईचारा सम्बन्ध सहयोग र सहकार्यले आगामी दिनहरुमा अन्य कार्यक्रम ल्याउन थप प्रेरित गरेको बताए।

विशेष अतिथिहरुले बोल्ने क्रममा युवानेता समाजसेवी शुसिल खड्काले बेवारिसे शव उद्दारमा अनवरत खटिरहेकी पत्रकार तथा समाजसेवी पवित्रा लामाको प्रसंशा गर्दै शव उद्दार कार्य कुनै समस्या परेमा सहकार्य गर्न आफु तत्पर रहेको साथै कुनै असहाय पीडितहरुलाई सहयोग गर्नुपरेमा सिधै सम्पर्कको लागि आफ्नो मोबाइल नं.  ९८५१०४६४०१ समेत दिदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

त्यसै गरी शिवपुरी यातायात प्रालिका अध्यक्ष समेत रहेका प्रलाद थापाले कलाकारहरुलाई यातायातको कुनै किसिमको समस्या परेमा आफुले सहयोग गर्ने साथै महिला तथा पुरुषलाई ब्युटी सम्बन्धी कुनै आवश्यक परेमा आफ्नो लरेन्स ब्युटी पार्लर ब्रान्चहरुबाट विशेष छुटमा सेवा दिने बताएका छन भने अन्य अतिथिहरुले समेत कार्यक्रम बारेमा खुलेर प्रसंशा गर्दै सम्मानित हुनेहरु सबैलाई बधाई तथा थप सफलताको शुभकामना दिएका थिए।

कार्यक्रमका संयोजकका अनुसार बिशेष सल्हाकार शुसिल कुमार खड्का, बिजय कुमार तामाङ, प्रलाद थापा लगायतले बिशेष रुपमा आर्थिक भौतिक रुपमा सहयोग गरेको बताउदै उहाँहरुप्रति बिशेष आभार प्रकट गरेका छन्। राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटका वरिष्ठ उपाध्यक्ष कुमार लामाको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...