News Portal

इजरायलमा आक्रमण, केही नेपालीहरु पनि घाइते

हिमालीसंचार संवाददाता
३६८ पटक

इजरायल। शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन्। यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन।

इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीले समाचार लेखेको छ। ‘केही नेपाली घाइते भएका छन्। उहाँहरुको यकिन विवरण खुलेको छैन। हामी अहिले तथ्यांक संकलन गर्ने तथा उद्धारको काममा खटिरहेका छौँ,’ घिमिरेले भने।

इजराइलमा गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लठाहरूको घुसपैठप भएकाे थियो। इजरायलको आपतकालीन सेवाका अनुसार हमासको आक्रमणमा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्।

यसैबीच दूतावासले अपिलसमेत जारी गरेको छ। ‘इजरायलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ। साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको ब्यहोरा अनुरोध छ। पुनश्च: अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला,’ अपिलमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...