News Portal

विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवानामा रिहा

हिमालीसंचार संवाददाता
२३७ पटक

धरान – विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास आचार्यलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय रुपैयाँ जरिवाना गरी रिहा गरेको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको थियो ।

उनलाई पाँचसय रुपैयाँ जरिवाना गरी आज साँझ रिहा गरिएको धनुषाका प्रहरी प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

गत असोज १२ गते जनकपुरधाममा भएको गौहत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएका धर्मगुरु सोही आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि बुधबार साँझ जनकपुर ल्याइएको उनलाई  अहिले साझ रिहा गरिएको हो। यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...