News Portal

विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवानामा रिहा

हिमालीसंचार संवाददाता
२५२ पटक

धरान – विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास आचार्यलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय रुपैयाँ जरिवाना गरी रिहा गरेको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको थियो ।

उनलाई पाँचसय रुपैयाँ जरिवाना गरी आज साँझ रिहा गरिएको धनुषाका प्रहरी प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

गत असोज १२ गते जनकपुरधाममा भएको गौहत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएका धर्मगुरु सोही आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि बुधबार साँझ जनकपुर ल्याइएको उनलाई  अहिले साझ रिहा गरिएको हो। यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...