News Portal

हिन्दु धर्म गुरु श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्ध कसुरमा मुद्दा दर्ता

हिमालीसंचार संवाददाता
२७९ पटक

रविन्द्र बराल/मोरङ – देशमा घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर थप अनुसन्धान सुरू गरिएको बताए ।

आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र आश्रमबाट सुनसरी जिल्ला प्रहरीको सहयोगमा कन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । 

गत असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका उनलाई मुद्दा दर्ता गरेर ब्यूरोले अनुसन्धान सुरू गरेको हो । श्रीनिवासले केही दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादस्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भई रहेको छ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासले यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो । उनलाई २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न समेत लगाएका थिए ।

त्यसपछि उनलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...