आज : २०२६-०७-०२, बिहीबार

मिनिल्याण्डले क्यारियर र नेतृत्व विकासका लागि एक दिने गोष्टी सम्पन्न गऱ्यो

असोज १४ आइतबार/मोरङ – मोरङको रंगेली स्थित मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले  करियर एण्ड लिडरशिप डेभलपमेन्ट कार्यशाला गोष्टी सम्पन्न गरेको छ ।

जीवनमा आउने उतार चढावलाई सहजै स्वीकार गरि जीवन जीउनु पर्छ भन्ने अनेकन जीवन भोगाइका बारेमा  अनुभूतिहरु सुनाईएको थियो । 

कार्यक्रममा उपस्थित सञ्चारकर्मी अभिमुकर्ता रुपेश श्रेष्ठलाई बिधालयले आमन्त्रण गरेर बिधार्थीहरुलाई  एक दिने नेतृत्व लिने कुराबाट कहिल्यै पछि पर्नु हुँदैन  भनि बिधार्थीमा उत्प्रेरणा जगाउने प्रयास गरिएको थियो। 

बिधालयमा कक्षा १०, ११ र १२ का जम्मा २ सय ५० भन्दा बढी विधार्थीहरुको उलेख्य सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो। 

विधालयले मासिक रुपमै यस्तै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि देश-विदेशमा ख्याति प्राप्त व्यक्तित्वहरु संग विधार्थीको साक्षात्कार गराउने प्रयास विधालयले गरिरहने विधालयका प्रधानाध्यापक विकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए ।