News Portal

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गऱ्यो

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।

प्रहरी कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अभिनेता केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेका हुन्। 

जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले अभिनेता केसीले “रावायण” नामक फिल्म खेल्नका लागि नगद १० लाख रुपैयाँ लगेका आरोप परेको थिए। उक्त  फ्लिमको सम्झौता गर्न नमानेको भन्दै जाहेरीकर्ता थापाले उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी छिन्। 

प्रहरीका अनुसार ‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौ। ‘एसएसपी राठौरेले भने,‘पटक-पटक उनलाई बोलाउँदा पनि केसी आउनु भएन। प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिनु भयो।’

अभिनेता केसी छलफलमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको एसएसपी राठौरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...