News Portal

आइपुग्यो क्यान्सरको उपचारका लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन गरिब र विपन्नलाई निःशुल्क

हिमालीसंचार संवाददाता
९८१ पटक

काठमाडौं – वीर अस्पतालमा टोमोथेरापी नया मेसिन आइपुगेको छ । क्यान्सरको उपचारको लागि संसारमै अत्याधुनिक मानिएको टोमोथेरापी मेसिन हाल वीर अस्पतालमा जडान गरिएको छ ।

केही दिन अघि उक्त टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको थियो। अब एक महिना मेसिन जडानको साथै प्राविधिक काम मिलाउनु समय लाग्ने भएकाले एक महिनाभित्रमा मेसिन सञ्चालनमा आउने छ। वीर अस्पतालमा दैनिक ५० जना जति क्यान्सरका बिरामी आउने र उनीहरुको लागि दिइने उपचार सेवा भनेको रेडियोथेरापी नै हुने र हाल बिरामीलाई सो सेवा रोकिएको भए पनि यो  मेसिन सञ्चालनपछि दुई सिफ्टमा गरी दैनिकी ६०/७० जनासम्मलाई उपचार सेवा दिने लक्ष्य रहेको अस्पतालको भनाइ छ।

हाल क्यान्सरका बिरामीले निजी स्वास्थ्य संस्थामा रेडियोथेरापी गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले मेसिन आएको एक महिनामा सन्चालन गरेर बिरामीलाई सेवा दिने गरी तयारी थालिएको बताएका छन।

उनका अनुसार मेसिनलाई दैनिक दुई सिफ्ट गरी सन्चालन गर्ने तयारी भएको बताए। ‘हाल मेसिनको जडान कार्य भइरहेको छ अब एक महिना पछि हामीले मेसिन सन्चालनमा ल्याउछौँ, दुई सिफ्टमा गरी दैनिक १४ घन्टा सम्म मेसिन सन्चालन गर्ने तयारी गरिएको छ’ न्याम्सका भिसी प्राडा बस्नेतले भने। गरिब तथा बिपन्न विरामीहरुको लागि टोमोथेरापीबाट दिनु पर्ने सेवा पूर्ण रुपमा निशुल्क : हुने समेत प्राडा बस्नेतले बताए।

२३ वर्ष पुरानो ‘कोबाल्ट–६० मेसिन ०७२ मा बिग्रिएपछि रेडियोथेरापी अवरुद्ध हुँदा वीर अस्पतालमा आउने विपन्न बिरामी मर्कामा परेका थिए। २३ वर्षअघि ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सर रोगीको ‘रेडियोथेरापी’ सेवा पूर्ण रूपमा बन्द भएको थियो।

त्यसपछि वीर अस्पतालले ०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिसँग मेसिन किनेको थियो । एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो।

त्यसपछि पहिलो पटक २०७५ यो मेसिन आएको भए पनि वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पताल लगिएको थियो। त्यसपछि मेसिन अस्पतालको चौरमा बेवारिसे रूपमा राखिएपछि मेसिन नखोल्दै बिग्रिएको थियो।

मेसिन जडाननै नगरी बिग्रिएपछि मेसिन उत्पादक अमेरिकी कम्पनी एकुरेका प्रतिनिधि नेपाल आएका थिए। उनीहरुले बलम्बु स्थित मेसिन राखिएको ठाउँमा पुगेर अवलोकन गरे। मेसिनको  पाटपूर्जामा नै खिया लागेपछि उत्पादक कम्पनी एकुरेका प्रतिनिधि मेसिन जडान गर्न उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्म जडान गर्न नसकिने भन्दै फर्किएका थिए।

प्रयोगनै नगरी बिग्रिएपछि कम्पनीले पुन अर्को मेसिन दिने निर्णय गरेको थियो। सोही अनुरुप हाल टोमो थेरापी मेसिन वीर अस्पताल आइपुगेको हो। तत्कालीन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ र  वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए। ‘लाइफलाइन ट्रेड इन्टरनेसनल प्राली’ ले ल्याएको हो।

पाँच लाख जनसंख्या बराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यता छ । तर, नेपालमा हाल विभिन्न स्वास्थ्य संस्थामा पाँच वटा लिन्याक र दुई कोवाल्ट गरी जम्मा सात मेसिन छन । नेपालमा ४२ लाख जनसंख्या बराबर एक मेसिनको व्यवस्था छ ।

नेपालमा बर्सेनि करिब ३० हजार क्यान्सरका नयाँ बिरामी, वीरमा आउने तीन हजार बिरामीले रेडियोथेरापी पाउँदैनन्। वीर अस्पतालका अनुसार प्रत्येक वर्ष क्यान्सरका चार हजारभन्दा बढी बिरामी अस्पतालमा आउँछन् । उपचार गर्न आउने सबैजसो गरिब तथा विपन्न नागरिक हुन ।

के हो ‘टेमोथेरापी’ मेसिन?

टेमोथेरापी मेसिन क्यान्सरका बिरामीको उपचारको लागि आवश्यक अत्याधुनिक उपकरण हो। यो क्यान्सरका बिरामीको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि हो। यस्तो खाले मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै छ।

नेपालले चार वर्षको पहलपछि यो मेसिन पहिलोपटक भित्र्याएको हो। नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ।

यी अस्पतालहरुमा पनि लिन्याक र कोवाल्ट मेसिन छन। तर नेपालमा सरकारीतहबाटै संसारमानै क्यान्सरको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि भित्रिएको हो।

क्यान्सर बिशेषज्ञहरुका अनुसार यो मेसिनले क्यान्सर भएको शरीरको भागमा मात्रै यो मेसिन प्रयोग गर्न सकिन्छ। यो प्रविधिबाट उपचार गर्दा शरीरको अन्य भागमा असर गर्ने सम्भावना कम हुन्छ। वीरले ल्याएको टोमोथेरापी मेसिन अमेरिकी एकुरे कम्पनीसँग मात्रै रहेकाले त्यहीँबाट खरिद गरिएको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...