News Portal

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा चार जना पक्राउ

हिमालीसंचार संवाददाता
३८० पटक

खोटाङ – खोटाङमा गोरु काटेर सामुहिक भोज खान/खुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो ।

जालपाको मसानेडाँडामा चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाए/खुवाएको अभियोगमा चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक टिकाराज बरालले बताए ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ)का कार्यकर्ताले ‘मुलबासी मंगोल साँस्कृतिक क्रान्ती अभियान’लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए ।

गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्ने लगायतका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये तेजबहादुर टोल विकास संस्थाको अध्यक्ष हुन् । गोरु काटेर खान बोलाएपछि स्थानीय मसानेडाँडा पुगेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टंकबहादुर मगरका अनुसार फुटेर गएको बिरलाल राई र जीवन मंगोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन–डिजिजि समुहले गोरु काट्ने अगुवाई गरेका हुन् ।

गोरु काट्नमा अगुवाई गर्ने पक्षलाई छाडेर सहयोगी भूमीका निभाउने स्थानीयलाई पक्राउ गरिएको वडाध्यक्ष राईले गुनासो गरे ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...