News Portal

कोहलपुर चिनाउन मिस्टर एण्ड मिस कोहलपुर सिजन २०८० गरिदैँ

विजेतालाई एक लाख नगदसहित २ लाखको छात्रवृत्ती प्रदान गरिने

हिमालीसंचार संवाददाता
२९९ पटक

नेपालगन्ज। बाँकेको कोहलपुरमा सौन्र्दय प्रतियोगिता हुने भएको छ। युवा लक्षित ब्यक्तित्व विकास गर्न, मोडलिङ्ग र ब्यूटि प्रजेन्ट गर्न लागिएको हो।

प्रतियोगिताका सम्बन्धमा जानकारी दिन आयोजक शारदा इभेन्ट नेपालले शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

दुई चरणमा हुने अडिसनद्वारा प्रतिस्प्रर्धी छनोट गरिनेछ। पहिलो चरणको अडिसन शनिबार विहान ११ बजेदेखि कोहलपुर दशविगाहस्थित अतिथी होटलमा गरिदैछ भने, दोस्रो चरणको अडिसन आगामी असोज १३ गते गरिनेछ।

‘उत्खनन् प्रतिभाको, पहिचान कलाको’ भन्ने मुल नाराका साथ हुन लागेको मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता सिजन टूका विजेतालाई आर्कषक नगद पुरुस्कार तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिने आयोजकले जनाएकोछ।

विजेताले नगद एक लाख र २ लाखको शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने शारदा इभेन्ट नेपालका संस्थापक तथा सिइओ रोनिसराज गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराए। उनका अनुसार प्रतियोगितामा ‘मिस र मिस्टर कोहलपुर–२०८०’ विजेताले २५/२५ हजार नगद, फस्ट रनअरले १५/१५ हजार र सेकण्ड रनअरले १०/१० हजार नगद तथा अन्य उपहार प्राप्त गर्नेछन् । यस्तै ‘मिस र मिस्टर कोहलपुर–२०८०’ विजेताले शैक्षिक छात्रवृत्ति अन्र्तगत ५०/५० हजार, फस्ट रनअरले ३०/३० हजार र सेकण्ड रनअरले २०/२० हजारको शैक्षिक छात्रवृत्ति प्राप्त गर्नेछन्। उक्त छात्रवृत्ति स्वदेश तथा विदेशका लागि समेत प्रदान गरिने र विजयी भएकाले यो सुविधा ५ वर्षभित्र लिइसक्नुपर्ने व्यवस्था गरिएको शारदा इभेन्ट नेपालका फाउण्डर तथा सिइओ गौतमले जानकारी दिए।

पश्चिम नेपालको सबभन्दा ठूलो धनरासी र अवसर भएको सौन्दर्य प्रतियोगितामा सहभागि हुन आग्रह गर्दै उनले भने –‘कोहलपुर क्षेत्रमा कम्तिमा ३ वर्ष बसोबास गरेको १५ वर्षदेखि २५ वर्षसम्मका किशोरकिशोरीले सहभागिता जनाउन सक्नेछन्।’ प्रतियोगिताको रजिष्ट्रेशनका लागि एक हजार रुपैयाँ तय गरिएको उनले बताए।

यस्तै छनोट भएका प्रतिस्प्रधिले १२ हजार बुझाउनु पर्नेछ। उक्त रकमबाट ५ हजारको प्रतिब्यक्तिलाई पोशाक प्रदान गर्नुका साथै २० दिनको प्रशिक्षण प्रदान गरिनेछ। प्रशिक्षणका दौरान कोहलपुर क्षेत्रलाई चिनाउन, कोहलपुर क्षेत्रको संस्कृति, पहिचान लगायतको विषयमा प्रशिक्षण दिइनेछ।

प्रतियोगितालाई सभ्य, भब्य र निष्पक्ष बनाउन आयोजकले कुनै कसर बाँकी नराख्ने बताइएकोछ। कोहलपुर क्षेत्रको पहिचानलाई स्थापित गराउन र चिनाउन उद्देश्य बोकेर सौन्दर्य प्रतिोगिता गरिन लागेको हो।

उक्त पत्रकार सम्मेलनमा सहभागि मिस एण्ड मिस्टर कोहलपुर सिजन वानका विजेता मिस कोहलपुर करिश्मा चन्दले निर्धक्क प्रतियोगितामा सहभागिता जनाउन सबैलाई आग्रह गरिन्। उनले भनिन्–‘सौन्दर्य प्रतियोगितालाई समाजमा गलत ढंगबाट ब्याख्या गरिएकोछ। यसको छुट्टै महत्व छ।’

आफू सान्र्दय प्रतियोगितामा सहभागि भई विजयी भएको क्षणलाई स्मरण गर्दै उनले अगाडी थपिन्–‘मेरो ब्यक्तित्व विकास भयो। मेरो कार्यकुशलता र क्षमता बृद्धि गर्न मद्दत भयो। यसले मेरो छुट्टै पहिचान दियो। यहाँ अवसर नै अवसर छ त्यसैले यस्ता प्रतियोगिता निरन्तर हुनुपर्छ।’

प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोहलपुर र नेपालगन्जका दुई दर्जन पत्रकारसहित आयोजक शारदा इभेन्ट नेपालका म्यानेजिङ क्रुका भुपेन्द्र पौडेल, रमेश चापागाई र हिमानी सिहं ठकुरी लगायतको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...