News Portal

अजरबैजान र अर्मेनियाबीच फेरी युद्ध सुरु, २५ काे मृत्यु

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौं। अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ। रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ।

मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए। अजरबैजानको सैन्य आक्रमणमा मंगलबार २५ जनाको मृत्यु भएको छ।

जसमा दुई जना सर्वसाधारण पनि छन्। यसबाहेक अजरबैजानको आक्रमणमा १३८ जना घाइते भएका छन्। अजरबैजानले आर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो।

यसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ। अजरबैजान यो क्षेत्र कब्जा गर्न चाहन्छ। त्यही भएर उनीहरुले यहाँ आक्रमणलाई तिव्र बनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...