News Portal

मोरङको मिनिल्याण्ड बोर्डिङ स्कुलले मनायो बाल दिवससंगै फादर्स डे

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३०२ पटक

भदौ ३० शनिबार/मोरङ – मोरंङको रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङ्लिस बोर्डिङ स्कुले ५९औं बालदिवस र फादर्स डे भव्यता साथ मनाएका छन्।

“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बिधालयले बाल दिवस संगै फादर्स डे मनाएका हुन् । बिधालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरुका लागि विभिन्न नृत्य, गायन, वक्तृत्वकला, नाटक प्रस्तुत गरेका थिए। 

त्यसैगरी कक्षा चारदेखि कक्षा १० सम्मका बालबालिकाहरूका लागि टेबल टेनिस, वक्तृत्वकला, हिज्जे, हाजिरी जवाफ प्रतियोगिता, हस्तलेखन, चित्रकला, शब्द निर्माण लगायत गरि १२ वटा विधाका खेलहरु खेलाएका थिए ।  

कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्दि चौलागाईं, नगर शिक्षा शाखा प्रमुख रबिन्द्र पण्डित, बिधालयका प्रिन्सिपल विकर्ण कार्की, शिक्षक, शिक्षीका, अभिभावक लगायतको उपस्थिति रहेको थियो। 

प्रतियोगितामा प्रथम, दिद्विय र तृतीय हुने बालबालिकाहरुका लागि मेडल-प्रमाणपत्र समेत  वितरण गरेको थियो । आमन्त्रित अथितिहरुले पुरस्कार वितरण गर्नुका साथै  बालबालिकालाई बाल दिवस तथा फादर्स डे’को शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...