News Portal

मोरङको मिनिल्याण्ड बोर्डिङ स्कुलले मनायो बाल दिवससंगै फादर्स डे

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२५८ पटक

भदौ ३० शनिबार/मोरङ – मोरंङको रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङ्लिस बोर्डिङ स्कुले ५९औं बालदिवस र फादर्स डे भव्यता साथ मनाएका छन्।

“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बिधालयले बाल दिवस संगै फादर्स डे मनाएका हुन् । बिधालयको प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरुका लागि विभिन्न नृत्य, गायन, वक्तृत्वकला, नाटक प्रस्तुत गरेका थिए। 

त्यसैगरी कक्षा चारदेखि कक्षा १० सम्मका बालबालिकाहरूका लागि टेबल टेनिस, वक्तृत्वकला, हिज्जे, हाजिरी जवाफ प्रतियोगिता, हस्तलेखन, चित्रकला, शब्द निर्माण लगायत गरि १२ वटा विधाका खेलहरु खेलाएका थिए ।  

कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्दि चौलागाईं, नगर शिक्षा शाखा प्रमुख रबिन्द्र पण्डित, बिधालयका प्रिन्सिपल विकर्ण कार्की, शिक्षक, शिक्षीका, अभिभावक लगायतको उपस्थिति रहेको थियो। 

प्रतियोगितामा प्रथम, दिद्विय र तृतीय हुने बालबालिकाहरुका लागि मेडल-प्रमाणपत्र समेत  वितरण गरेको थियो । आमन्त्रित अथितिहरुले पुरस्कार वितरण गर्नुका साथै  बालबालिकालाई बाल दिवस तथा फादर्स डे’को शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...