आज : २०२६-०७-०२, बिहीबार

मोरङको रंगेलीस्थित सनग्लोरी बोर्डिङ स्कुलले मनायो बाल दिवस

भदौ ३० शनिबार/मोरङ – मोरंङको रंगेली नगरपालिका ७ मा रहेको सनग्लोरी  ईङ्लिस बोर्डिङ स्कुले ५९औं बालदिवस  भव्य रुपले मनाएको छ ।

“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बिधालयले बाल दिवस मनाएको हो। बिधालयको प्राङ्गणमा बालबालिकाहरुका लागि विभिन्न नृत्य, गायन, वक्तृत्वकला तथा अन्य खेलहरु समेत खेलाएका थिए ।   

कार्यक्रममा बिधालयका प्रिन्सिपल प्रमेद मण्डल, शिक्षक सोमल ठाकुर, रवि कुमार मण्डल, श्याम कृष्ण मण्डल लगायत शिक्षक-शिक्षीका, स्थानीय बुद्धिजीवी अभिभावक लगायतको समेत उपस्थिति रहेको थियो ।  

प्रतियोगितामा प्रथम, दिद्विय, र तृतीय हुने बालबालिकाहरुका लागि मेडल, प्रमाणपत्र र शिल्ड  समेत वितरण गरेको थियो । 

बिधालयले बालबालिकाहरुलाई पुरस्कार वितरण गर्नुका साथै बाल दिवसको अबसरमा विशेष शुभकामना समेत दिएका थिए ।