News Portal

सर्बेन्द्र खनालकै निर्देशन अनुसार सबै काम गरेको हुँ : दिल्लीराज विष्ट

हिमाली संचार संवाददाता
९१४ पटक

काठमाडाैँ : कञ्चनपुर भिमदत्तनगरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै बिहिबार गृह मन्त्रालयले बर्खास्त गरेका एसपी दिल्लीराज विष्टले आफूले अाइजी सर्वेन्द्र खनालको निर्देशन अनुसारनै सबै काम गरेको बताएको छन ।

उनले नेपालखबरसँग कुरा गर्दै सबै कुराको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई गराएर निर्मला पन्तको घटना अनुसन्धानमा अघि बढेको दाबी गरेका छन ।

‘निर्मलाको शब दाहसंस्कार गर्दा मैले चिफ सरसँग कुरा गरेको थिएँ, उहाँले दिएको निर्देशनअनुसार नै काम गरेको हुँ’, विष्टले भने, ‘मलाई कञ्चनपुरबाट अन्त सरुवा गर्ने विषयमा समेत त्यही दिन बिहान चिफ सरसँग कुरा भएको थियो।’

माथिल्लो तहमा रिपोर्टिङ गर्ने कोही नभएकाले आफूले आवश्यकताअनुसार प्रहरी महानिरीक्षक र सचिवालयका सदस्यहरुलाई जानकारी गराएको विष्टले बताएका छ। ‘चेन अफ कमाण्डको समेत कमी रह्यो, बारम्बार चिफ सरलाई फोन गर्न अप्ठेरो थियो’, विष्टले भने, ‘तर फोन गरेपछि उहाँले केही निर्देशन दिनुहुन्थ्यो। सचिवालयका सरहरुसँग कुराकानी भइरहेकै थियो।’

सरकारी सेवामा योग्य हुने र प्रहरीबाट अवकाशपछि पाउने सबै सेवा सुविधा प्राप्त हुनेगरी बर्खास्त गरिएका एसपी विष्टले अध्ययन र छलफलपछि अगामी कदम उठाउने बताए। ‘सबै कुराको अध्ययनपछि आवश्यक पहल थाल्नेछु’, विष्टले भने, ‘अहिले हल्ला गरेर केही हुँदैन, समय आएपछि केही विषय सार्वजनिक गर्नेछु।’

यो पनि पढ्नुहोस।
निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट !

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...