News Portal

मगर संघ मकाउको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राम राना चयन

हिमालीसंचार संवाददाता
८०० पटक

सोमबार, भाद्र-२५/मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत मगर संध मकाउको तेश्रो अधिवेशन हिजो आईतबार टाउन वेल रेष्टुरेन्ट सानमालो मकाउमा हिरा थापाको सभापतित्वमा भव्यताका साथ सम्पन्न गरिएको छ। संधको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष राम राना मगरलाई तेश्रो अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।

संधको तेश्रो अधिवेशनले संरक्षकमा समाजसेवी तथा मकाउका विभिन्न संध संस्थाहरुका अभिभावकको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका व्यक्तित्व सुर्दशन थापा मगर, सह-संरक्षकमा सूर्य सिंजाली मगर, बरिष्ठ सल्लाकारमा भिम खाम्चा मगर, हिरा थापा मगर, सूर्य कुमार थापा मगरलाई चयन गरिएको छ। 

अधिवेशनले नया कार्य समितिमा अध्यक्षमा राम बहादुर राना मगर, बरिष्ठ उपाध्यक्षमा नन्द बहादुर पुलामी मगर, उपाध्यक्षमा मान बहादुर थापा मगर, चित्र थापा मगर र सुमन पुन मगर, माहासचिवमा द्रोण थापा मगर, सचिवमा भरत थापा मगर, सचिवमा ईन्द सारू मगर, सचिव मदन थापा मगर, कोषाध्यक्ष प्रेम बहादुर थापा मगर, सह-कोषाध्यक्ष नेक सिंजाली मगर सांस्कृतिक संयोजक त्रिपक श्रीष मगर, खेलकूद संयोजक छविन्द्र थापा मगर, युवा संयोजक- दिपक श्रीष मगर, व्यस्थापन संयोजक चन्द्र पुलामी मगर र सदस्यहरुमा राज कुमार राना मगर, टेक बहादुर रेश्मी मगर, मोहन पुन मगर, प्रसिद्ध पुन मगर, मान बहादुर थापा मगर, विशाल राना मगर, सुशील थापा मगर, ललित पुन मगर, रेशम पुन मगर, सुबास थापा मगर र युध बहादुर थापाको कार्य समिति चयन गरिएको निवर्तमान अध्यक्ष हिरा थापा मगर (डाइमण्ड)ले हिमालीसंचारडटकमसंग बताए। 

संघले आयोजनका गरेको भव्य कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूताबास हङकङ तथा मकाउ महामहिम राजदूत उदय राना मगर, विशेष अतिथि बरिष्ठ सल्लाहकार सुर्य सिंजाली मगर, बिशेष अतिथि मगर संध हङकङका महासचिव रविन्द्र थापा मगर र आमन्त्रित अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ मकाउका अध्यक्ष भीकुमार राई “किरात”, गुरुङ (तमु) समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ (गोरा), किरात राई यायोख्या मकाउका महासचिव भूपाल राई, किरात याक्थुङ चुम्लुङ मकाउका उपाध्यक्ष शेर हाङ याक्सो, शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, मकाउ तामाङ घेदुङ संघ मकाउका अध्यक्ष कलबहादुर तामाङ, गैरआवासीय नेपाली संघ मकाउ चीनका महासचिव अमित गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका सभापति निर्मला थापा मगर, मगर महिला संघ हङकङकी अध्यक्ष बिणु थापा मगर र मगर संघ मकाउका सल्लाहकार युग माया राना मगर लगायतको अतिथिहरुको उपस्थिति रहेको कार्यक्रम इन्द्र सारु मगरले संचालन गरेका थिए। 

फोटो डन मगर, मकाउ

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...