News Portal

शिवपुरी यतायात प्रालिले संचालनमा ल्यायो ईलेक्ट्रिक गाडी

हिमालीसंचार संवाददाता
५६८ पटक

कर्णबहादुर अधिकारी/काठमाण्डौं – नुवाकोटमा बिगतदेखि नै यातायत क्षेत्रमा एक क्षत्र राज गर्दै आई रहेको शिवपुरी यातायातले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दैं ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ।

काठमाण्डौं शामाखुशीदेखि शुरु भएर टोखा छहरे, ढिकुरे, गंगटे, बट्टार, बिदुर हुँदै त्रिशूलीसम्मको रूट तय गरीएको छ। बिगतमा शिवपुरी यातायातले दुप्चेश्वर घ्याङफेदीसम्मको रूटमा २३ वटा सुमो राखेर संचालनमा ल्याई रहेको प्रालिले नयाँ ईलेक्ट्रिक गाडी राखेर नयाँ आयम थपेको छ।

शिवपुरी यातायातले मुक्तिनाथ, हलेसी, पाथीभरा, मनकामना, दक्षिणकाली, प्यूठान स्वर्गद्वारी, दोलखा भिमसेन, कालिन्चोक, लुम्बिनी लगायतका स्थलहरू, पर्यटकीय क्षेत्र साथै नुवाकोट जिल्लाको सुगमदेखि दुर्गम ग्रामीण भेगहरूमा ठूला बसहरू जान नसकेको स्थानहरूमा सेवा दिनको लागि शिवपुरी यातायात प्रालिले सेवा दिई रहेको छ। 

ग्रामीण भेगमा बिरामी भएका दाजुभाई तथा दिदीबहिनीहरूलाई समयमा नै अस्पताल पुराउनको लागि समेत शिवपुरी यातायातले विशेष सेवा दिदै आई रहेको छ। गाडी रीजर्भको लागि सम्पर्क गर्नु परेमा 9851163026, 9851235713, 9841314000, 9742446157 नम्बरहरूमा सम्पर्क गर्न सक्ने प्रालिले हिमालीसंचारडटकमलाई जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...