News Portal

ड्रागन फल खादा स्वास्थ्यमा पुऱ्याउछ यति धेरै फाइदा !

हिमालीसंचार संवाददाता
११११ पटक

ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज-कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

ड्रागन फलको फाइदा:

– छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ ।

– यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।

– कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।

– क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।

– यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।

– मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ ।

– बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

फल एक, उपभोग अनेक:

* यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डि्रंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।

* ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।

यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ । बिभिन्न स्विट परीकारमा निकै उपयोगी हुन्छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...