News Portal

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौं – पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्‌घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ।

पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो। पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे। 

आइसिसी विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबरले १५१ रन जोडे। अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै, इफ्तिखरले नटआउट १०९ रन जोडे। उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो। त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए।  कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। 

विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो। नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए।

समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ। त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...