News Portal

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौं – पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्‌घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ।

पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो। पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे। 

आइसिसी विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबरले १५१ रन जोडे। अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै, इफ्तिखरले नटआउट १०९ रन जोडे। उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो। त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।

नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए।  कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। 

विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो। नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए।

समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ। त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुने छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...