News Portal

हिमालीसंचारकर्मी संजीव राईलाई चलचित्र पत्रकार संघको सहयोग

हिमालीसंचार संवाददाता
५३३ पटक

काठमाडौं। चलचित्र पत्रकार संघले काठमाडौंको नर्भिक हस्पिटलमा क्यान्सरको उपचाररत हिमालीसंचारकर्मी संजीव कुमार राईलाई आर्थिक सहयोग गरेको छ।

नर्भिक इन्टर्नेशनल हस्पिटलमा उपचाररत हिमालीसंचारकर्मी राईलाई संघले अस्पतालमै पुगेर ५७ हजार ५,५५ रुपैयाँ नगद सहयोग गरेको हो। उक्त रकम संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेरराज गिरी, पूर्वउपाध्यक्ष विष्णु सुवेदी र कार्यसमिति सदस्य सुरेन्द्र थापाले प्रदान गरेका हुन।

संघका सदस्यहरूबाट संकलित रकममा संघको तर्फबाट केही थप गरेर सहयोग गरिएको थियो। चलचित्र पत्रकार संघ केन्द्रीय कार्यालयबाट सहयोग प्राप्त हुँदा आफू निकै हर्षित रहेको राईले बताएका छन्।

राईलाई उपचारका लागि विदेशका मकाउलगायतका देशहरूबाट पनि सहयोग प्राप्त भईरहेको बताइएको छ। यूके, कुवेत, हंगकंग, युएई, कतारसहित थप अन्य देशबाट पनि सहयोग गर्ने आश्वासन पाएको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...