News Portal

हेटौड़ा र बाराको सिमाना नजिकै तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

हिमालीसंचार संवाददाता/युवराज राई
३१५ पटक

शुक्रबार, भाद्र-८/हेटौंडा – मकवानपुर र बाराको सिमाना चुरीयामाई मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १९ जना यात्रुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।

बसमा सवार २६ जनामध्ये ७ जनाको मृत्यु भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए । मृत्यु हुनेमा एक जना नेपाली र ६ जना भारतीय नागरिक रहेको उनले बताए ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान गरेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बाराले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...