
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।
मन्त्रीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको मन्त्री किरातीले सामाजिक संजाल फेसहुक मार्फत जानकारी दिएका हुन्। लामो समयदेखि प्यारालाइसिसका बिरामी राई वीर अस्पतालमा उपचाररत थिए।
निमोनिया बढेपछि वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। राईको पार्थिव शरीर मौसम खुलेपछि आजै भोजपुर लैजाने तयारी भईरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
