News Portal

  • अस्पतालबाट शिशु गायब, डाक्टरले बेचेको प्रहरीको भनाई, थप विवरण आउन बाकी

    हिमालीसंचार संवाददाता/रविन्द्र बराल
    ५३६ पटक

    भाद्र-६, बुधबार/ विराटनगर –  कोशी प्रदेश विराटनगर स्थित ग्रीनक्रस अस्पतालबाट गायब पारिएको शिशु डाक्टर र प्रेमी गोविन्द राईको मिलेमतोमा बेचेको खुलासा भएको छ। हिजो मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि उक्त तथ्य खुलेको हो।

    मोरङ प्रहरीका डिएसपी रञ्चन दाहालका अनुसार ‘हामीले शिशु फेला पारेका छौं,’ ‘पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्ण र प्रेमी राईले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई शिशु बेचेको रहस्य खुलेको हो। तर, कति रकम लिएर शिशु बेचेका हुन भन्ने तथ्य खुल्न बाँकी छ।’

    गत असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी (नाम परिवर्तन) लाई प्रसूति व्यथाले सतायो। अविवाहित उनले यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन्। गोविन्दले उनलाई विराटनगरस्थित ग्रीनक्रस अस्पताल पुऱ्याएका थिए ।

    उनलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले चेकजाँच गरे। र, व्यथा अझै बढ्ने औषधि दिए। त्यसपछि  उनले छोरी जन्माइन्। भोलिपल्ट असार १४ गते अस्पतालले उनलाई डिस्चार्ज दियो । जब अस्पतालले उनलाई घर जाने अनुमति दियो, फूलकुमारीको साथमा शिशु थिइनन्।

    उनले बच्चा खै भनेर सोधिन्। उनका प्रेमी राईले बच्चा अस्पतालमै रहेको, थप केहिदिन राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन्। ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै प्रेमी राई होटलबाट निस्किए। त्यसपछि प्रेमी राई फर्कीएर होटल गएनन्।’

    उनले बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै गायब भएपछि र आफूले स्वास्थ्य जन्माएको शिशुसमेत साथमा नभएपछि फूलकुमारी प्रहरीकोमा पुगिन्। उनले दिएको जाहेरी अनुसार प्रहरीले अनुसन्धान शुरु गऱ्यो। अन्ततः शुक्रबार प्रहरीले डाक्टर तपेश्वरलाल कर्ण र प्रेमी गोविन्द राईलाई प्रहरीले पक्राउ गऱ्यो। 

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कर्ण कोशी अस्पतालका पूर्व प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) हुन्। पक्राउ परेका २७ वर्षे राई भोजपुर हतुवागढी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्। मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भने, ‘त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई प्रहरीले पक्राउ गरेका हुन् । यसरी प्रहरीले मंगलबार शिशु फेला पारेका हुन्।

    प्रहरीका अनुसार ती युवतीको वास्तविक नाम अर्कै हो। तर, अस्पताल भर्ना हुने बेलामा फूलकुमारी नाम राखेर अस्पताल भर्ना भएका रहेछन्। अविवाहित व्यक्तिबाट जन्मेको शिशुको व्यवस्थापन गर्ने जिम्मा डाक्टर कर्णले लिएको प्रहरी भनाई छ।

    त्यस्तै, डाक्टर कर्ण र प्रेमी गोविन्द राईसँगै ग्रीनक्रस अस्पतालमा कार्यरत मोरङको विराटनगर-९ की ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ की ४६ वर्षीया दिलमाया राजवंशी र ३० वर्षीय सूर्य नारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका-१२ की ३८ वर्षीया निर्मला यादवलाई पनि प्रहरीले पक्राउ गरेका छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...