News Portal

एसिया यू–२० रग्बीमा नेपाली टिम सेमिफाइनल पुग्न असफल

हिमालीसंचार संवाददाता
४१० पटक

काठमाडौं। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न असफल भएको हो।

प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा भारतसँग २८–० ले, दोस्रो खेलमा मलेसियासँग ४४–० ले र अन्तिम खेलमा हङकङसँग ३६–० ले स्तब्ध भयो।

नेपालले अब पाँचौँ स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ। आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

महिलातर्फ पनि डबल राउन्ड रोबिन पद्धतिमा आयोजित प्रतियोगितामा नेपालको यू–२० टोलीले तीनै खेलमा हार व्यहोर्‍यो।

पहिलो खेलमा हङकङसँग ३४–५ ले, दोस्रो खेलमा मलेसियासँग २४–० ले र तेस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो अन्तरले पराजित भयो । तर, आइतबार हुने तीन खेलमा विजयी भए दोस्रो र तेस्रो हुने अवसर नेपालसँग बाँकी नै छ। महिलातर्फ लिगमा प्राप्त अंकका आधार शीर्ष तीन निर्धारण गरिनेछ।

दुईदिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...