News Portal

ह्वाट्सएपबाटै अब एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

हिमालीसंचार संवाददाता
७१४ पटक

काठमाडौं। एचडी फोटो तथा भिडिओ पठाउन सकिने ह्वाट्सएपको बहुप्रतिक्षित फिचर सार्वजनिक भएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सो फिचर सार्वजनिक भएको घोषणा गरेका छन्।

यो फिचरको सहायताले अब आईओएस, एन्ड्रोइड तथा वेबबाट एचडी क्वालिटीको फोटो तथा भिडिओ पठाउन सकिनेछ। यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले ह्वाट्सएपको नयाँ अपडेट इन्स्टल गर्नुपर्छ।

नयाँ अपडेट आइसकेपछि फोटो पठाउन फोटो छानिसकेपछि सबैभन्दा माथि ‘HD’ को सानो लोगो देखिन्छ। सो अप्सनमा ट्याप गरेपछि बाई डिफल्ट फोटो स्ट्यान्डर्ड क्वालिटीको अप्सन छानिएको हुन्छ।

यति भएपछि तपाईंले एचडीको अप्सन छानी फोटो पठाउनुभयो भने सो फोटो सहजै एचडी क्वालिटीमा पठाउन सकिन्छ। यस्तो फोटो पठाउन केही बढी डेटा खपत हुने कम्पनीले जनाएको छ। फोटो पठाइसकेपछि उक्त फोटोमा एचडीको आइकन देख्न सकिन्छ।

कसरी पठाउने एचडी फोटो ?

तपाईंले जस्तो क्वालिटीको फोटो पनि सामान्य तरिकाले ह्वाट्सएपबाट पठाउनु भयो भने पाउने व्यक्तिले क्वालिटी घटेको फोटो पाउँछ। तर, तपाईंले कुनै पनि फोटोमा एचडीको अप्सन छान्नुभयो भने फोटोको क्वालिटी थोरै मात्र घट्छ।

त्यसैले जुनसुकै फोटो पनि राम्रो क्वालिटीको जाओस् भन्नका लागि एचडीको अप्सन छानेर पठाउनुपर्ने हुन्छ। एचडी फोटो पठाउन तलको प्रक्रिया अपनाउनुहोस्:

– सबैभन्दा पहिले आफ्नो डिभाइसमा पठाउनुपर्ने फोटो राख्नुहोस्।

– त्यसपछि ह्वाट्सएप एप (एन्ड्रोइड, आईओएस तथा वेब) खोल्नुहोस्।

– अनि आफूले एचडी फोटो पठाउन चाहेको कन्ट्याक्ट छान्नुहोस्।

– त्यसपछि फोटोको माथि रहेको एचडीको आइकनमा ट्याप गर्नुहोस्।

– अनि, तलपट्टि खुल्ने पप-अप पेजमा पुनः एचडी क्वालिटी छान्नुहोस्।

– त्यसपछि फोटो सेन्ड गर्नुहोस्।

 

– टेकपानाबाट।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...