News Portal

  • ह्वाट्सएपबाटै अब एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

    हिमालीसंचार संवाददाता
    ६१८ पटक

    काठमाडौं। एचडी फोटो तथा भिडिओ पठाउन सकिने ह्वाट्सएपको बहुप्रतिक्षित फिचर सार्वजनिक भएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सो फिचर सार्वजनिक भएको घोषणा गरेका छन्।

    यो फिचरको सहायताले अब आईओएस, एन्ड्रोइड तथा वेबबाट एचडी क्वालिटीको फोटो तथा भिडिओ पठाउन सकिनेछ। यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले ह्वाट्सएपको नयाँ अपडेट इन्स्टल गर्नुपर्छ।

    नयाँ अपडेट आइसकेपछि फोटो पठाउन फोटो छानिसकेपछि सबैभन्दा माथि ‘HD’ को सानो लोगो देखिन्छ। सो अप्सनमा ट्याप गरेपछि बाई डिफल्ट फोटो स्ट्यान्डर्ड क्वालिटीको अप्सन छानिएको हुन्छ।

    यति भएपछि तपाईंले एचडीको अप्सन छानी फोटो पठाउनुभयो भने सो फोटो सहजै एचडी क्वालिटीमा पठाउन सकिन्छ। यस्तो फोटो पठाउन केही बढी डेटा खपत हुने कम्पनीले जनाएको छ। फोटो पठाइसकेपछि उक्त फोटोमा एचडीको आइकन देख्न सकिन्छ।

    कसरी पठाउने एचडी फोटो ?

    तपाईंले जस्तो क्वालिटीको फोटो पनि सामान्य तरिकाले ह्वाट्सएपबाट पठाउनु भयो भने पाउने व्यक्तिले क्वालिटी घटेको फोटो पाउँछ। तर, तपाईंले कुनै पनि फोटोमा एचडीको अप्सन छान्नुभयो भने फोटोको क्वालिटी थोरै मात्र घट्छ।

    त्यसैले जुनसुकै फोटो पनि राम्रो क्वालिटीको जाओस् भन्नका लागि एचडीको अप्सन छानेर पठाउनुपर्ने हुन्छ। एचडी फोटो पठाउन तलको प्रक्रिया अपनाउनुहोस्:

    – सबैभन्दा पहिले आफ्नो डिभाइसमा पठाउनुपर्ने फोटो राख्नुहोस्।

    – त्यसपछि ह्वाट्सएप एप (एन्ड्रोइड, आईओएस तथा वेब) खोल्नुहोस्।

    – अनि आफूले एचडी फोटो पठाउन चाहेको कन्ट्याक्ट छान्नुहोस्।

    – त्यसपछि फोटोको माथि रहेको एचडीको आइकनमा ट्याप गर्नुहोस्।

    – अनि, तलपट्टि खुल्ने पप-अप पेजमा पुनः एचडी क्वालिटी छान्नुहोस्।

    – त्यसपछि फोटो सेन्ड गर्नुहोस्।

     

    – टेकपानाबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...

    राप्रपाको २३ मंसिरको प्रदर्शनमा सबैलाई सहभागी हुन प्रवक्ता शाहीको आग्रह

    काठमाडौं, मंसिर १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने प्रदर्शनलाई...