News Portal

  • भन्टा खानुका यस्ता छन् फाइदा !

    हिमालीसंचार संवाददाता
    ८२९ पटक

    तपाईं तरकारीमा भन्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस्। किनकी भन्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो।

    भन्टामा पर्याप्त मात्रामा आइरन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ। रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुर्याउने भन्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ।

    अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भन्टाले तपाईलाई सहयोग गर्छ। भन्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ। चुरोटका अम्मलीले नियमित भन्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ।

    भन्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ। पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भन्टामा पानीको मात्रा समेत धेरै हुन्छ। जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ।

    मधुमेहको रागीका लागि समेत भन्टा उपयोगी हुन्छ। फाइबरको मात्रा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ। टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ। भन्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २७ गतेको राशिफल

    आज असोज २७, २०८२ (अक्टोबर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतमा घरेलु कामदारको नाममा फस्टाउँदै मानव बेचबिखन, नेपाली दुतावास मौन !

    हिमालीसंचार कुवेत। नेपालमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जान बाध्य हुन्छन्। वैदेशिक रोजगारमा अहिले पछिल्लो...

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...