News Portal

भोजपुर घरेलु तथा साना उधोग कार्यालयको बोर्डमा लेखिएको कोशी नाम संघर्ष समितीले मेटाए

हिमालीसंचार संवाददाता
२५४ पटक

भोजपुर ​- भोजपुरको घरेलु तथा साना उधोग कार्यालयको बोर्डमा लेखिएको कोशी नामलाई आन्दोलनरत पहिचान पक्षधरहरुले मेटाई दिएका छन्।

भोजपुरको घरेलु तथा साना उधोग कार्यालय प्रदेश – १ पुन: नामकरण संघर्ष समितीको टोलीले बिहिवार बोर्डमा लेखिएको कोशी नाम मेटाई दिएका हुन्।

कोशी नाम बिरोध स्वरुप कार्यक्रम’मा प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका संयोजक विदुर राई, किरात राई चाम्लिङ खाम्बातिम भोजपुर जिल्ला कार्यसमितिका अध्यक्ष धिरेन्द्र किराती, उपाध्यक्ष पवन चाम्लिङ, उपाध्यक्ष अनिल राई साथै पहिचानवादी युवा फोर्सले कोशी नाम लेखिएको साईनबोर्ड मेटाई दिएको भोजपुर संयुक्त संघर्ष समितीले जानकारी दिए।

प्रदेश नं.१ संसदले पर्याप्त छलफल नगरी जनचाहाना अनुसार पहिचान बिरोधी नाम कोशी राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले असहमति राख्दै कोशी नाम खारेजीको माग सहित पहिचानको आधारमा पुनः प्रदेश -१ को नामकरण गर्नुपर्ने माग राख्दै प्रदेश-१ मा लामो समयदेखि आन्दोलन भईरहेको छ​।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...